टेलिभिजनमा समाचार पढ्दा पढ्दै यी पत्रकारको दाँत झरेपछि… [भाइरल भिडियोसहित]

काठमाडौं । विश्वमा हरेक दिन अनौँठा घटनाहरु भइरहेका हुन्छन् । हाम्रा वरपर भएका केही घटनाहरु पनि विश्वका लागि आश्चर्यचकित गराउने खालका हुन्छन् । यस्तै एक घटना अहिले बाहिर आएको छ । अहिले बाहिर आएको घटना युक्रेनको हो । त्यहाँको एक टेलिभिजनमा काम गर्ने समाचार वाचिकाले जुन किसिमको चुनौतीको सामना गरिन्, त्यो आफैंमा पत्याउन गाह्रो पर्ने खालको छ ।

तर उनले आफ्नो कर्ममा अडिग रहिन् त्यो उल्लेखनीय छ । उनको यो चुनौती सामना गर्ने सामर्थ्यको धेरै ठाउँबाट प्रशंसासमेत गर्दैछन् । सामाजिक सञ्जालहरुमा हाल एउटा भिडियो भाइरल भइरहेको छ । जसमा युक्रेनकी एक समाचार वाचिका मरिच्का पाडाल्को लाइभ समाचार वाचन गरिरहेकी थिइन् । त्यहीबेला उनको अगाडिको एउटा दाँत खस्यो ।

तर उनी यस्तो अवस्थामा पनि आफूलाई केही पनि नभएको जस्तो गरेर सम्हालिँदै समाचार वाचन गरिरहिन् । उनले आफ्नो दाँत खसेको कसैले थाहा नपाउने गरी समाचार वाचन लगातार गरिरहेकी थिइन् । मरिच्का पाडाल्कोले यो भिडियोलाई आफ्नै इन्स्टाग्राममा पोस्ट गरेकी छन् । साथै उनले आफ्नो प्रतिक्रिया पनि राखेकी छन् । उनले लेखेकी छन्, ‘समाचार प्रस्तोताका रुपमा मैले काम गर्न लागेको २० वर्ष भएको छ।

प्रतिक्रिया दिनुहोस