बलिउड अभिनेत्री आलियालाई लाग्यो अहिलेसम्मको ठूलो झड्का

बलिउडकी चर्चित अभिनेत्री आलिया भट पछिल्लो समय तनावमा रहेकी छन् । सुशान्तको निधन भएपछि उनलाई अहिलसम्मकै ठूलो झड्का लागेको छ । उनलाई साइन गर्न ठिक्क परेका फिल्म निर्माता निर्देशकहरु पनि उनीदेखि परपर हुन थालेका छन् ।

उनको बुबा महेश भट बलिउडका चर्चित फिल्म निर्देशक हुन् । तर, उनी रिया चक्रवर्ती र जिया खानसँगको सम्बन्धका कारण सामाजिक सञ्जालमा व्यापक आलोचित रहेका छन् ।

मिडिया रिपोर्टका अनुसार यसको असर उनको फिल्म सडक २ मा देखिएको छ । उक्त फिल्मको ट्रेलरमा डिसलाइकको वर्षा भएको छ । पछिल्लो समय नेपोटिजमलाई लिएर पनि बलिउडमा केही सेलिब्रिटीहरु फ्यानहरुको निशानमा परेका छन् भने ट्रोलको शिकार भएका छन् ।

सडक २ मा फ्यानहरुबाट राम्रो रियाक्सन नआएपछि बलिउड फिल्म निर्माताहरु आफ्नो लगानी सुरक्षित बनाउन लागि परेका छन् । आलिया भटलाई साइन गर्न पनि उनीहरु हिच्किचाएको बताइएको छ ।

आलियाको ब्रह्मास्त्र र गंगूबाई काठियावाड रिलिज हुने तयारीमा रहेको छ । सडक २ ओटिटीमा रिलिज हुने तयारीमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस