एक किलो काठको मूल्य ११ लाख रुपैयाँ…संसारकै महँगो काठ

संसारको सबैभन्दा महँगो काठ के होला ? रक्तचन्दन, खयर, सिसौ, चाँप आदि भन्नुहोला । तर हामीकहाँ पाइने यी काठहरुको मूल्यभन्दा कैयन् गुणा बढी मूल्य पर्ने दुनियाँकै महँगो काठचाहिँ अफ्रिकामा पाइन्छ ।

अफ्रिकन ब्लाकउड प्रजातिको रुखको काठ नै विश्वको सबैभन्दा महँगो काठ हो । यो पृथ्वीमा उपलब्ध सबैभन्दा मूल्यवान सामग्रीहरु मध्ये एक हो भन्दा अत्युक्ति नहोला । किनकि यो रुखको केवल १ किलो काठलाई ८ हजार पाउण्ड अर्थात् ११ लाख रुपैयाँभन्दा धेरै मूलय पर्दछ ।

अफ्रिकन ब्लाकउडको रुख पृथ्वीमा वास्तवमै दुर्लभ छ । यो वनस्पतीको उचाइ २५ देखि ४० फिटसम्म हुन्छ । मध्य र दक्षिण अफ्रिकी महादेशका विभिन्न २६ वटा देशमा निकै कम संख्यामा यो वनस्पति पाइन्छ । यो सुख्खा स्थानहरुमा पाइने वनस्पती हो ।
यो रुखको काठ पूर्णरुपमा तयार हुनका लागि कम्तिमा ६० वर्ष लाग्दछ ।

तर पछिल्लो समय चोरी तस्करीका लागि निकै कम उमेरको रुख ढालेर समेत काठ चिरान गर्ने गरिन्छ । सोही कारण ब्लाकउड वनस्पति दुर्लभ बन्दै गएको छ ।निकै विशेष तथा महँगा फर्निचरहरु, विभिन्न वाद्ययन्त्रहरु बनाउन अफ्रिकन ब्लाकउड प्रयोग गरिन्छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस