दुलही लिन नेपालबाट विहार पुगेको जन्ती रित्तै फर्किएपछि परे सबै चकित

एजेन्सी । माइतीघरबाट दुलाहाको घर जाने तयारीमा थिइन् दुलही । मन्डप सजिसजाउ थियो । पाहुनाहरु आगनमा खुशी हुदै भित्र बाहिर गर्दै थिए । केटा पक्षका परिवार पनि जन्तीसहित केटीको घरमा पुगेका थिए । विवाहको तामझाम थियो । खुशियाली छाइरहेको थियो ।

केटाले त्यस्तो होला भन्ने सोचेका पनि थिएनन् । केटीले अचानक विवाह गर्न अस्विकार गरिन् । दुलहीलाई कसैले दुलाहाको बारेमा नचाहिदो कुरा लगाइदिएको बताइएको छ । हुन लागेको विवाहलाई रोकेर दुलहीले भिडियो कलिङ मार्फत अर्को केटासँग विवाह गरेकी छिन् । यो घटना भारतको बिहारको हो ।

दुलहीले अर्को केटा रोजेपछि नेपालबाट गएका जन्ती खाली हात फर्केका थिए । केटी पक्षले जन्तीलाई राम्रोसँग खाना खुवाएर विदाई गरेका छन् । दुलाहाको उमेर कच्चा भएको भन्दै केटीले विवाह नगर्ने बताएकी हुन् । केटीले आफ्नो निर्णय आफै लिनसक्ने भन्दै विवाह अस्विकार गरेकी थिइन् । दुलहीले आफ्नो विवाह अस्विकार गरेपछि उनका मामाले मुम्बईमा बस्ने केटा तुरुन्त खोजेर भिडियोको माध्यमबाट विवाह गरिदिएका थिए । एजेन्सी

प्रतिक्रिया दिनुहोस