अभिनेत्री अनुष्का शर्मा गर्भवती, बाबु बन्दै विराट कोहली

भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली बाबु बन्ने भएका छन् । विराटले आफ्नी पत्नी अनुष्का शर्मासँगको तस्वीर साझा गर्दै आफूहरु २ बाट अब ३ जना बन्न लागेको बताएका छन् ।

विराटले सामाजिक सञ्जालमा शेयर गरेको तस्वीरमा अनुष्काको ‘बेबी बम्प’ देखिन्छ । तस्वीर शेयर गर्दै विराटले लेखेका छन्, र त्यसपछि, हामी तीन जना भयौं, २०२१ जनवरीमा आउँदै छन् ।

विराटले आफ्नो सन्देशमार्फत पत्नी अनुष्काले सन् २०२१ को जनवरीमा बच्चालाई जन्म दिन लागेको बताएका छन् ।

विशेष गरी अनुष्कालाई उनका फ्यानहरुले सामाजिक सञ्जालमार्फत ‘बेबी प्लान’बारे सोध्ने गरेका थिए ।

प्रतिक्रिया दिनुहोस