दाँत सफा गर्दा यी कुरा ध्यान दिनुहोला, नत्र हुन सक्छ हा’निकारक

हामी सबै सोच्ने गर्छौ कि जति धेरै टुथपेस्ट (मन्जन)को प्रयोग गर्छौ, त्यति नै धेरै दाँत सफा हुन्छ। तर, यो सबै हाम्रो भ्रम मात्रै हो। किनकि जुन कुरा पनि चाहेको भन्दा बढी प्रयोगले नकारात्मक असर गर्छ। भनिन्छ नि ‘चिनी पनि धेरै खाए तितो हुन्छ र औषधि पनि धेरै पिए बिष हुन्छ’। त्यसै गरि टुथपेस्ट पनि धेरै मात्रामा प्रयोग गरे यसले दाँतलाई नोक्सान पुर्याउन सक्छ।

टुथपेस्ट मुख र दाँत स्वस्थ राख्नको लागि प्रयोग गरिन्छ। तर धेरै मात्रामा टुथपेस्टको प्रयोगबाट दाँतलाई निकै असर पर्न सक्छ । प्रायः सबै दन्त चिकित्सकहरुका अनुसार, टुथपेस्ट मटरको गेडा बराबर ब्रशमा राखेर प्रयोग गर्नु पर्छ।

अधिक टुथपेस्टको प्रयोगले बच्चाहरुलाई बढी हा’नि पुर्‍याउँछ। टुथपेस्टमा फेला परेको फ्लोराइडले दाँतलाई बलियो बनाउछ, तर दाँतमा भएको फोहरलाई टुथब्रशले मात्र सफा गर्न मिल्छ। टुथपेस्टको फिजले मुखमा भएको की’टाणुहरु हटाउँने र मुखको पीएच (PH) स्तर कम गर्छ।

सामान्यतया, ब्रस गर्दा मटरको गेडा बराबरको टुथपेस्ट प्रयोग गर्नुपर्छ। जबकि बच्चाहरुलाई त्यो भन्दा पनि कम टुथपेस्टको प्रयोग गर्नु पर्छ, नत्र हा’निकारक साबित हुन सक्छ ।

बच्चाहरुलाई टुथपेस्ट निकै थोरै मात्रामा मात्रै प्रयोग गराउनु पर्छ वा बजारमा अन्य विभिन्न टुथपेस्टहरु पाइन्छ जुन बच्चाहरुका लागि भनेर नै बनाइएको हुन्छ। त्यस्तो टुथपेस्टमा फ्लोराइडको मात्रा निकै कम हुने गर्छ।

प्रतिक्रिया दिनुहोस