३० बर्ष पुगेपछि महिलाले अनिवार्य गराउनुपर्ने ५ परीक्षण : हरेक महिलाले अवश्य पढ्नुहोला

व्यस्त दिनचर्या, उमेरअनुसार शरीरमा हुने हर्मोन परिवर्तनका कारण महिलाको जीवन बढी जो’खिममा हुन्छ। पुरुषभन्दा महिलामा हर्मोन बढी मात्रामा ग’डबड हुने भएकाले पुरुषको तुलनामा महिला विभिन्न रोगबाट प्रभावित हुने गरेका हुन्। उमेरसँगै हर्मोनमा परिवर्तन आउने हुँदा महिला बढी प्र’ताडी हुनेगर्छन्।त्यसैले ३० वर्ष उमेर पार गरेका महिलालाई समय समयमा स्वास्थ्य जाँच गराउनुपर्ने विज्ञहरु सल्लाह दिन्छन्।

पछिल्लो समय कतिपय महिला पाठेघरको मुखकोक्यान्सर,स्त’न क्यान्सर, हड्डी खिइने,थाइराइडजस्ता रोगबाट ग्र’सित हुने गरेका छन्।यस्ता रोग लागिसकेपछि नियन्त्रण गर्न र उपचार विधि पनि महंगो भएकाले यस्ता रोग लागेका महिला अ’कालमै ज्यान गुमाउन बाध्य छन्। समयमै यस्ता रोगको परीक्षण गर्दा रोग लाग्नबाट बच्न सकिन्छ। परीक्षण महंगो पनि छैन। त्यसैले ३० वर्ष उमेर पार गरेका महिलाले यी ५ वटा टेस्ट गराउनु अतिआवश्यक छ।

मेमोग्रामः पछिल्लो समय महिलामा स्त’न क्यान्सरको ख’तरा बढ्दै गएको छ।स्त’न क्यान्सर तथा ट्यु’मर परीक्षणका लागि विभिन्न विधि भएपनि मेमोग्राम सस्तो विधि मानिन्छ। यो विधिबाट स्त’नको एक्सरे लिइन्छ।महिलामा ४० वर्ष उमेर क’टिसकेपछि स्तन क्यान्सरको ख’तरा बढ्ने भएकाले विज्ञको सल्लाहअनुसार मेमोग्राम गराउनुपर्छ।

प्याप स्मेयर टेस्ट : पा’ठेघरको क्यान्सर पत्ता लगाउने विधि हो प्याम स्मेयर।स्त’न क्यान्सरपछि देखिने रोगमा पर्छ पा’ठेघर मुखको क्यान्सर।प्याप स्मेयर एक साधारण परीक्षण हो। प्याप स्मेयर टेष्टमा महिलाको यो’नीबाट निश्चित मात्रामा कोशिका निकालेर परीक्षणका लागि ल्याबमा पठाइने गरिन्छ। यो जाँच गर्दा महिलालाई कुनै प्रकारको पी’डा महसुस हुँदैन।

थाइराइड टेस्ट : अनावश्यक तौल बढ्ने बित्तिकै शरीरमा हर्मोनको असन्तुलन हुन्छ।एक अध्ययनअनुसार पुरुषभन्दा महिलामा थाइराइडको समस्या दश गुणा बढी हुन्छ।स्वास्थ्य विज्ञका अनुसार थाइराइड हर्मोन मानव शरीरका लागि आवश्यक हुन्छ। तर यसको मात्रामा गडबड भएमा यसले रोगको रुप लिनेगर्छ। थाइराइडको प्रकारअनुसार उपचार विधि पनि फरक छ।

एचपीवी भाइरस टेस्ट : एचपीवी अर्थात् ह्युमन पेपिलोमा भाइरस एक निकै ख’तरनाक भा’इरस हो।यो सबैभन्दा तीब्र रुपमा फैलने भा’इरस हो। कतिपय स्थितिमा यो भाइरसबाट लाग्ने रोगको लक्षण पनि थाहा हुँदैन। प्रायजसो यौ’न स’म्पर्कपछि यो भा’इरस फैलने संभावना बढी रहन्छ।

बोन डेन्सिटी टेस्ट : उमेरअनुसार हड्डीजन्य समस्या पनि देखापर्छन्। शरीरमा हड्डीको अवस्थाबारे पनि टेस्ट गराउन सकिन्छ । शरीरमा लाग्ने सानातिना चोटपटकले पनि हड्डी कमजोर बनाउनमा ठूलो भूमिका खेल्छन्। शरीरमा हड्डीको अवस्थाबारे थाहा पाउन बोन डेन्सिटी टेस्ट गराउनु आवश्यक छ । आजकाल गलत खानपानले २० वर्ष उमेर नपुग्दै महिलामा हड्डीको समस्या देखिने गरेको छ। त्यसैले सन्तुलित खानपान खानुका साथै समयमै हड्डीको अवस्थाबारे जाँच गराउनुपर्छ। अन्नपुर्णको सहयोगमा।

प्रतिक्रिया दिनुहोस