साराका विवादित हर्कत : नक्कली विवाहदेखि ओठको शल्यक्रियासम्म

एजेन्सी । भारतीय टेलिभिजन जगतमा नै चर्चा कमाएकी अभिनेत्री सारा खानले थुप्रै टिभी कार्यक्रममार्फत् दर्शकबीच आफ्नो पहिचान बनाएकी छिन् । उनी बिदाईमा निभाएको भूमिका साधनाका लागि चर्चित छिन् । यसबाहेक उनले बिग बस ४ मा पनि भाग लिएकी थिइन् । यो कार्यक्रममा उनी अली मर्चेन्टसँग आफ्नो नक्कली विवाहका कारण पनि विवादमा रहेकी थिइन् ।

त्यसपछि सारा आफ्नो ओठको शल्यक्रियाका लागि पनि सोसल मिडियामा चर्चाको विषय बनिन् । यसका लागि उनले थुप्रै नकारात्मक कमेन्टको पनि सामना गर्नुपर्यो । यसबारे साराले अब भारतीय सञ्चार माध्यमसँग कुराकानी गरेकी छिन् ।

इटाइम्ससँगको कुराकानीमा साराले भनिन्, ‘हो, मैले लिप फिलरको प्रयोग गरेकी थिएँ जुन मेरो लागि भयानक साबित भयो र यो मलाई फिटिक्कै सुहाएन । यो अत्यधिक खराब थियो । मलाई आफ्नै ओठ मन पर्दैनथ्यो र यसले मेरो अनुहार अत्यधिक नराम्रो बनाएको थियो ।’

ट्रोलिङले फरक पर्दैनः

साराले ट्रोलिङबारे भनिन्, ‘जब तपाईं एक पब्लिक फिगर हुनुहुन्छ भने तपाईंले प्रेम र घृणा दुबै झेल्नुपर्छ । यदि राम्रा मान्छे छन् भने नराम्रा मान्छे पनि छन् । सबैलाई आफ्नो धारणा व्यक्त गर्ने अधिकार छ र हामीले कसैलाई पनि आफ्नो धारणा व्यक्त गर्न रोक्न सक्दैनौं ।’

‘सुरुमा नकारात्मक कमेन्ट पढ्दा मलाई निकै नराम्रो महसुस हुन्थ्यो, त्यसले मलाई असाध्यै प्रभावित पनि गर्दथ्यो त्यसपछि मैले सोच्न थालेँ कि यो उनीहरुको वास्तविक पहिचान होइन, उनीहरुसँग किन डराउने रु यद्यपि, केही मानिसहरु यस्ता पनि छन् जसले मलाई साँच्चै नै माया गर्छन् त्यसपछि मैले सकारात्मक पक्ष हेर्न सुरु गरेकी छु,’ उनले भनिन् ।

प्रतिक्रिया दिनुहोस