निता अम्बानीको दैनिकी– ५ लाखको चिया पिउँछिन्, ६४ लाख पर्ने लिपिस्टिक लगाउँछिन्

मुकेश अम्बानी भारतका सबैभन्दा धनी व्यक्ति हुन् । उनको व्यापार व्यवसाय देखि जीवनशैली सम्मलाई मानिसहरुले पछ्याइरहेका हुन्छन् । मुकेशकी पत्नी हुन् निता अम्बानी । उनको पहिरन, रहनसहन, जीवनयापन अन्य आम महिलाको भन्दा फरक छ । उनको लवाइखुवाइ र जीवनशैलीले सबैलाई आश्चर्यमा पर्ने समाचारहरु भारतीय सञ्चारमाध्यमहरुमा प्रकाशन भएका छन् ।

निता अम्बानीले प्रयोग गर्ने दैनिक उपभोग्य समान, खानपानले सामान्य महिलाको जीवनभरलाई पुग्ने गर्छ भन्यो भने तपाई पत्याउन हुन्न होला तर यो वास्तविकता हो ।

उनले लगाउने कपडा लाखौं मूल्यको हुने गरेको छ । त्यस्तै उनले लगाउने चुरा, गहना, मेकअप किट, लिपिस्टिक, ह्याण्ड व्यागको मूल्य सुन्नु भयो भने त तपाई आश्चर्यमा नै पर्नु हुन्छ । भारतीय अनलाईले उनले प्रयोग गर्ने सामान र खानपानबारे रिपोर्टहरु प्रकाशन गरेका छन् जसलाई हामीले यहाँ प्रस्तुत गरेका छौं ।

५ लाखको चिया ;नीता अम्बानीले दैनिकी चियाबाट सुरु हुन्छ । उनी हरेक विहान जापानको सबैभन्दा पुरानो क्र्रेरी ब्राण्डको नोरिटेकको कपमा चिया पिउँने गर्छिन् । यो कपको मूल्य ३ लाख भारतीय रुपैयाँ (नेपाली रुपैयाँ ४ लाख ८० हजार) पर्ने गरेको छ । उनले पिउने चियाँ विशेष खालको हुने गरेकाे छ ।

कारको सोख :नितालाई मनपर्ने कार ‘मेबेक ६२’ हो । जुन उनका पति मुकेश अम्बानीले उनलाई उपहारको रुपमा लण्डनबाट मगाएका थिए । ‘मेबेक ६२’ कार भारतमा ल्याउने पहिलो व्यक्ति हुन् मुकेश अम्बानी । यसको मूल्य १० करोड भारतीय रुपैयाँ पर्छ ।

प्रतिक्रिया दिनुहोस