एक इटालियन कलाकारले १९६८ मा एक मुर्तिकला केन्द्रमा रुखको विरुवा रोपेका थिए ।तर त्यो रुखको वास्तविक थाहा पाउ

एक इटालियन कलाकारले १९६८ मा एक मुर्तिकला केन्द्रमा रुखको विरुवा रोपेका थिए । मुर्तिकला केन्द्रमा हुर्किएको रुखमा केही वर्षदेखि एक हात अल्झिरहेको छ । हात रुखसँग जोडिएपछि सधै त्यहि रुखमा अल्झिरहेको देखिन्छ । पितलबाट बनेको उक्त हातलाई एक कलाकारले एक प्रकारको परिक्षण गर्न रुखमा जोडेका थिए । यस्तो अजिबको हात इटालियन कलाकारले मुर्तिकला केन्द्रको रुखमा स्थापना गरेका हुन् ।

पित्तलको हात वास्तविक हात जस्तै देखिन्छ । एकपटक हेर्दा जो कसैलाई पनि छुट्याउन र पत्याउन मुस्किल पर्छ । रुख सँग हात जोडेको लगभग ५ दशक भइसकेको छ । तर आजसम्म पनि जस्ताको तस्तै रहेको छ । हेर्दा कुनै पुरुषको जस्तो देखिने पितलको हात भएको रुख आफैमा अद्भुत छ ।

इटालियन कलाकारले बनाएको यो कला रुख धेरै बलियो वा धातु पत्ता लगाउन गरिएको एक डिजाइन थियो । तर दशकौ देखि हात रुखबाट छुट्टिएको छैन यसबाट रुख भन्दा धातु धेरै टिकाउ र बलियो हुने पत्ता लागेको छ । यति लामो समयमा धातुमा कुनै फरक आएको छैन तर रुखको भने आकार फेरिएको छ । यो रुख हेर्नको लागि मानिसहरु टाढाटाढा बाट आउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस