छिट्टै धनी बन्न खोज्ने युवतीको रहस्य यस्तो पो रहेछ तर यसरी फसिन्…..

काठमाडौ । धेरै पैसा कमाएर छिट्टै धनी बन्ने सपदा देखेकी एक् युवतीको जीवनमा दुखद मोड आएको छ । दलालले उनलाई फकाई फुल्याई यौ/न अ’ख’डामा लगेका छन् ।

एकै दिनमा दर्जनौसँग सम्पर्क गर्न बाध्य पारिएपछि उनको बेहाल भएको छ । यो घटना भारतको हो । नयाँ दिल्लीस्थित रोहिणी सेक्टरमा यस्तो काम हुन्छ भन्ने प्रहरीलाई खबर आएपछि दिल्ली महिला आयोगको सहयोगमा अहिले ती युवतीको उद्दार गरिएको छ । तर उनको शारीरिक र मानसिक अवस्था कमजोर रहेको बताइएको छ ।

कोही नभएको मौका पारेर ती युवतीले महिला आयोगको हेल्पलाइनमा फोन गर्न सफल भइन् र उनलाई रोहिणीको एउटा घरमा आफुलाई राखिएको बताइन । उद्दारपछि ती युवतीले भनिन् कि उनको पुरानो घरको छेउमा बस्ने एक चिनेजानेकै व्यक्तिले उनलाई छिटै पैसा कमाउने जागिर पाइएको बताएका थिए ।

चिनजानका व्यक्तिले यस्तो कुरा गरिसकेपछि, ती युवती अगस्ट २५ मा रोहिणी सेक्टर ६ स्थित एउटा घरमा ती व्यक्तिको साथ गइन् । उनी त्यहाँ पुग्दा सोचे जस्तो काम थिएन न त पैसा नै हात लाग्थ्यो । त्यहाँ उनलाई पुरुषहरुसंग पठाइयो । भनेको नमाने ज्यान लिने ध म्की दिइयो ।

सूचना पाउने बित्तिकै दिल्ली महिला आयोगका अध्यक्ष स्वाति मालीवाल र सदस्य किरण नेगी सहित पुगेको प्रहरी टोलीले २ जना ग्राहक सहित युवतीलाई फेला पारेको थियो ।

ति युवती बाहेक अन्य दुई महिला, मुख्य आरोपी र केही ग्राहकहरु पनि रहेको अवस्थामा प्रहरी पुगेको थियो । प्रहरीले आरोपी जितेशको साथीसहित अन्य ६ जनालाई पक्राउ गरेको छ र पुलिस मुख्य अभियुक्त जितेशलाई पनि खोज्दैछ र उसलाई चाँडै नै पक्राउ गरिनेछ।

प्रतिक्रिया दिनुहोस