दार्चुलामा भेटिए पाँच जना स्क्रब टाइफसका बिरामी

दार्चुला, भदौ १५ । जिल्लामा ५ जना स्क्रब टाइफसका बिरामी भेटिएका छन्। जिल्ला अस्पतालका अनुसार तीन महिला र दुई पुरुषमा स्क्रब टाइफस भेटिएको हो। स्क्रब टाइफसको जस्तै लक्षण भएका विरामी आस्पताल आएपछि परीक्षण गरिएको थियो।

महाकाली नगरपालिकाका एक पुरुष, मालिकार्जुन गाउँपालिकाका दुई जना महिला र एक पुरुष तथा व्याँस गाउँपालिकाका एक जना पुरुषमा स्क्रब टाइफसको संक्रमण देखापरेको अस्पतालले जनाएको छ।

प्रतिक्रिया दिनुहोस