विश्वकै सबभन्दा सानो गौमाता

हालै अमेरिकामा एउटा एकदमे सानो गाई भेटिएको छ ।
सामान्य गाईको तुलनामा यो गाईको तौल ४.५ किलो रहेका छ । यो गाई विश्वकै सबैभन्दा सानो गाई हो । सामान्य गाईभन्दा १० हिस्सा सानो यो गाईको नाम लिटिल बिल हो ।
यो बाच्छोलाई जन्मने बित्तिकै अमेरिकाको मिसिसिपी स्टेट यूनिभर्सिटी कलेज अफ भेटेरिनरी मेडिसिनमा लगिएको थियो ।

गाईको मालिकले गाई बिरामी भएको हुनसक्ने भन्दै भेटेनरी लगेका थिए । तर, चिकित्सकले गाई पूर्ण स्वस्थ रहेको बताएका छन् । गाई सामान्य गाईको तुलनामा सानो मात्रै भएको अन्य कुनै रोग नभएको चिकित्सकले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस