आमाको मृत्यु भएको हात्तीको छावालाई आमाको याद नआओस् भनेर सँगै सुते संरक्षक

एजेन्सी । आमा जो कसैका लागि पनि प्रिय हुन्छिन् । आमा बिनाको जीवन साँच्चिकै अपुरो, अधुरो नै हुन्छ । चाहे मानिसमा होस् वा कुनै अन्य जनावरमा आमाको स्नेह र साथले जीवनलाई रोमाञ्चक बनाउँछ ।

तर आज हामी आमालाई गुमाएको एक हात्तीको छावाको पि’डालाई देखाउँदैछौँ । हालै आमा गुमाएको छावालाई आमाको यादले सताउला भन्ने पि’रले छावासँगै सुतेका एक पुरुषको तस्विर भाइरल बनिरहेको छ । भाइरल बनेको तस्विर हो केन्याको शेल्ड्रिक वाइल्डलाइफ ट्रस्टको ।

जहाँका संरक्षकहरू जनावरलाई लिएर अझ बढी नै गम्भीर छन्।

त्यहाँमा संरक्षकहरू आफूले उद्धार गरेका जनावरहरूले कुनै चीजको कमी महसुस नगरून् भनेर हात्तीको छावालाई ब्ल्यांकेट ओडाएर स्याहार गरिएको छ । जुन दृश्यले धेरैलाई भावुक बनाएको छ ।

प्रतिक्रिया दिनुहोस