कपाल पालेरै विश्व रेकर्ड राखिन् यी महिलाले, नुहाउदा खर्च हुन्छ ६ बोतल स्याम्पु

काठमाडौं – कपाल लामो भएका महिलाहरु निकै सुन्दर देखिने गर्छन् । कपाल लामो कपाल भएका महिलालाई राम्रो पनि मानिन्छ । एउटी यस्ती महिला छिन् जसले कपाल पालेर नै विश्व रेकर्ड राखिन् ।

कपाल पालेर नै विश्व रेकर्ड राख्ने ती महिला अमेरिकाकी आशा मन्डेला हुन् । उनको कपाल ५५ फिट लामो रहेको छ । उनलाई कपाल धुन पनि धेरै नै समय लाउछ । उनको कापालमा एक चोटीमा ६ बोतल स्याम्फु खर्च हुन्छ । कपाल सुक्न पनि दिनभर नै लाग्छ ।

उनले हेयर ड्रेसर इमानुएलसँग विवाह गर्नुअघि उनीसँग कपालकै कारण कोही विवाह गर्न मान्दैनथे । उनले आफ्नो कपाल गर्धनमा बोकेर हिड्ने गर्छिन् । उनले कपालकै कारण विज्ञापनबाट लाखौ डलर कमाउदै आएकी छिन् । उनलाई डाक्टरले कपाल काट्न सुझाव दिए तर उनी मानिनन् ।

प्रतिक्रिया दिनुहोस