विद्यार्थीले परीक्षामा यस्तो लेखेपछि जाँच्ने शिक्षक नै बेहोस

काठमाडौं। परीक्षामा पास हुनका लागि विद्यार्थीहरुले अनेक उपाय अपनाउँछन् । परीक्षा पास गर्नको लागि घोटिएर पढ्ने विद्यार्थी धेरै छन् त्यसबाहेक कसैले परीक्षा हलमै चिट लिएर जान्छन् र उत्तर चोर्छन् । केहीले भने परीक्षाको उत्तर पुस्तिकामै उत्तर पुस्तिका जाँच्ने शिक्षकलाई पत्र समेत लेख्छन् ।

यस्तै अनौठो घटना सामाजिक संजालबाट सार्वजनिक भएको छ । परीक्षा हलमा आएपछि कुनै उपाय नलागेपछि यी छात्राले यतिसम्म आश्चर्यजनक काम गरेकी छिन । यी छात्राले आफ्नो लागि त निकै राम्रो उत्तर लेखिन होला तर के कोही नयाँ गीत लेख्दैमा पास होला र ? यी छात्राले सुरुदेखि अन्तिमसम्म केवल बलिउडका गीत लेखेकी छिन् ।

उत्तर पुस्तिकाको अन्त्यमा भने यी छात्राले आफ्नो गरिबीको हवाला दिँदै पास गराइदिन गुहारसमेत मागिन । यो कपी परीक्षण गर्ने शिक्षकले यी छात्राको गुहार त मानेनन् बरु यो कापी नै परीक्षा अधिकारीलाई बुझाइदिए । यो उत्तर पुस्तिकाको केही अंश अहिले सामाजिक संजालमा भाइरल भइरहेको छ । सामाजिक संजालमा यो उत्तर पुस्तिका जाँच्ने शिक्षक नै बेहोस भएको भन्दै फोटो भाइरल भइरहेको छ यद्यपि यो कुराको पुष्टि भने कतैबाट भएको छैन ।

अवश्य पढ्नुस तपाई हामी अधिकांशलाई दिनहुँ कम्मरमा बेल्ट बाँध्ने बानी परिसकेको छ । तर,यो बानीले समस्या पनि सिर्जना गर्न सक्दछ । जब हामी दिनहुँ टाइट बेल्ट बाँध्ने गर्दछौ, त्यसले अनेक समस्या निम्ताउन सक्छ ।टाइट बेल्ट बाँधेका कारण दिनभर पेटको नर्भ्स दबिने गर्दछ । यस्तो लामो समय गर्दा पेल्भिक रिजनबाट निस्कने आर्टरी, भेन्स, मसल्स र आन्द्रामा दबाव सिर्जना हुन्छ ।

यसका कारण स्पर्म काउन्ट कम हुन सक्छ । जसका कारण पुरुषको प्रजनन क्षमता घट्ने आशंका बढ्दछ । आयुर्वेद विशेषज्ञ डाक्टर अबरार मुल्तानीका अनुसार बेल्ट लगाउन आवश्यक नै छैन । यदि लगाउनु नै छ भने पनि बेल्ट नकसी लगाउनु उत्तम हुनेछ । डाक्टर मुल्तानीका अनुसार दिनहुँ बेल्ट बाँध्दा स्वास्थ्यमा विभिन्न समस्या आउन सक्छ ।

कोरियन अध्ययनकर्ताहरुले १२ जना पुरुषमा गरेको अध्ययनअनुसार कम्मरमा टाइट बेल्ट बाँध्दा एब्डोमिनल मसल्सको काम गर्ने तरिका परिवर्तन हुन्छ । अध्ययनबाट यो पनि पुष्टि भएको छ कि लामो समयसम्म टाइट बेल्ट बाँध्दा मेरुदण्डको हड्डीमा अड्कन आउन सक्छ ।

साथै सेन्टरअफ ग्राभिटीमा पनि परिवर्तन आउने गर्दछ । यसका कारण घुँडाका जोड्नीमा बढी दबाव सिर्जना हुने गर्दछ । जसबाट जोड्नीमा दुखाईको समस्या बढ्ने गर्दछ ।

टाइट बेल्ट बाँध्दा खाना पचाउने काम पनि ठिकसँग हुँदैन । एसिडीटीको समस्या बढ्न सक्छ । यसबाट कब्जियतको समस्या पनि सिर्जना हुन सक्छ । बेल्ट टाइट बाँधेकै कारण खुट्टाको हड्डी कमजोर हुन थाल्छ । प्रजनन क्षमतामा सिधै असर पुराउछ । एजेन्सी

प्रतिक्रिया दिनुहोस