विवाहको केहि घण्टा पछि नै पुलिस चौकी पुगे बेहुला बेहुली……….

काठमाडौं । कोरोना कालमा विवाह नै एउटा गर्नु नै एउटा जोखिम छ । किनभने सामाजिक दूरी लगायतका विषयमा ध्यान नदिँदा कोरोनाको जोखिम धेरै हुन्छ ।

यस्तो अवस्थामा एक नवविवाहिता जोडी विवाह गरेको केहि समयमै पुलिस स्टेशन पुगे भन्दा को अचम्मित नहोला ।यस्तै एउटा घटना भारतको पश्चिम बंगालमा देखिएको छ । त्यहाँ एक नवविवहित जोडी विवाह गरेको केहि समय मा नै पुलिस थाना पुगेका छन् ।

उनीहरुविरुद्ध कुनै कम्प्लेन दर्ता भएको पनि होइन तर उनीहरु पुलिससँग आशिर्वाद लिनको लागि त्यहाँ पुगेका थिए ।

कोरोना भाइरसको यो बेलामा पनि आफ्नो ड्यूटीमा रहेर निरन्तर देश र जनताको सेवा गरिरहेका पुलिसहरुको आशिर्वाद लिनु नै यो बेलामा सबैभन्दा राम्रो हुन्छ भन्ने मनशायले उनीहरु पुलिसकोमा पुगेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

उनीहरुको नाम इन्जीनियर अनीष माझी र संगीता रहेको छ । उनीहरुको यो दृश्यले पुलिस नै भावविह्वल बनेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

एजेन्सीको सहयोगमा[

प्रतिक्रिया दिनुहोस