मनकामना मन्दिरको दर्शन गर्दै २०७७ साल भदौ १७ गते बुधवारको राशिफल पढ्नुहोस्

मेष राशि : आज तपाईंका कामहरु सजिलै संग बन्ने छन् । नया कामका योजनाहरु पनि बनाउनुहुने सम्भावना रहेको छ । अनि विपरित लिङ्गिको हौसलाले पनि तपाईंमा आज जोश र जागर बडने देखिन्छ । त्यस्तै तपाईंले आज मान सम्मान पनि प्रप्त गर्न सक्नु हुनेछ । कसैको स्वाथ्य उपचारमा आज तपाईंको अलिकति पैसा खर्च हुने देखिन्छ । पुस्तक प्रकाशन तथा विक्रि वितरणको काममा आज नसोचेको फइदा होला । वैदेशिक यात्राको काममा पनि सफलता मिल्ने देखिन्छ ।

वृष राशि : विपरित लिङ्गिको हौसलाले पनि तपाईंका कामहरु आज सजिलै संग बन्नेछन , आर्थिक पक्ष हिजो अस्ति भन्दा क्रमिक रुपमा सुधार भएको महशुस गर्नु हुनेछ । तपाईंले आज मनन गर्नु पर्ने कुरा के छ भने व्यवशायका कुरामा वादविवाद नगर्नु नै बेश होला । त्यस्तै र्र्र्र्र्धािर्मक काममा पनि आज तपाईंको मन जाने देखिन्छ । कुरा गरौं प्रेम प्रसंको, तपाईले आज प्रेममा सफलता पउन सक्नु हुनेछ अनि त्यस्तै पति पत्नि बिचको सम्बन्ध पनि सुमधुर रहनेछ । ढुङ्गा माटो जस्ता पृथ्वी तत्वको काममा प्रसस्त लाभ मिल्ला ।

मिथुन राशि : आजको दिन तपाईंकालागि मध्यम खालको छ । कामको बोझले थाकेको महसुस होला । तपाईंले आज रुपैया पैसाको काम गर्दा भने धेरै नै जोगिनु पर्ने देखिन्छ । अनि स्वास्थ्यमा पनि खरावि देखिने सम्भावना रहेकोले खानपिनमा सजक रहनु नै बेश होला । प्रेम प्रसंगको कुरा गर्दा, आज तपाईंको प्रेम प्रसंग सुखद रहने छ । अनि विपरित लिङ्गिको हौसलाले पनि तपाईंले आज खुशिको अनुभब गर्न पउनु हुनेछ । तपाई सञ्चार क्षेत्रमा हुनुहुन्छ भने तपाईंका लागि आजको दिन फलदायी रहनेन छ ।

कर्कट राशि : आज तपाईंले, सोच्नु भएको काम सजिलो तरिकाले गर्न सक्नु हुन्छ । आर्थिक पक्षको कुरा गर्नु पर्दा सामान्य खालको दिन छ । आजको कामले तपाईंलाईं पछी सम्म पनि फाइदा पु¥याउने देखिन्छ । पशु, सवारी साधन अनि हतियार संग भने आज तपाईंले सावधानि अपनाउनु पर्ने देखिन्छ । आज तपाईंले पे्रममा सुखद मिलनको अनुभव गर्न सक्नु हुनेछ भने दाम्पत्य जीवन सहयोगी रहने छ । कलाकारिता तथा साहित्य क्षेत्रमा हुनुहुनेहरुका लागि उत्साहजनक दिन रहेको छ ।

सिंह राशि : आजको दिन तपाईंकालागि राम्रो रहेको छ । दाजभाई तथा दिदी बहिनीको सहयोगमा आजका कामहरु बन्ने देखिन्छन् । त्यस्तै आर्थिक पक्ष पनि आज सन्तोष जनक रहेको छ । प्रेम–प्रसंका कुरा गर्नु पर्दा आज तपाईंले प्रेममा शुखको अनुभव गर्न सक्नु हुनेछ । सांझपखको छोटो यात्राले पनि तपाईंलाई आज खुशि बनाउने देखिन्छ । त्यस्तै आज तपाईंको प्रसंशा गर्ने ब्यक्तिहरु पनि प्रसस्त हुनेछन् । यदि तपाईं सरकारी सेवामा हुनुहुन्छ भने तपाईंका लागि आज अझ राम्रो दिन छ ।

कन्या राशि : आज तपाईंले साथिभाईको सहयोगमा कामहरु गर्नु भयो भने ती कामहरु सजिलै संग बन्ने देखिन्छ । काममा बाधा पु¥याउने ब्यक्तिहरुले, तपाईंको आज केहि पनि बिगार्न सक्दैनन् । छोटो अनि अप्ठ्यरो किसिमको यात्रा हुन सक्ने सम्भावना रहेको छ । ब्यापार ब्यवसायमा उन्नति प्रगती नै हुने देखिन्छ, सधैं भन्दा आम्दानी राम्रै होला । आज तपाईंको प्रेम प्रसंगमा भने वाद विवाद हुने सम्भावना रहेको छ । औषधी उपचारको काममा अनि पुस्तक प्रकाशन तथा विक्रि वितरणको काममा आज नसोचेको फइदा होला ।

तुला राशि : राशिका लागि आजको दिन, नया कामको सम्भावना रहेको दिन छ । त्यस्तै तपाईंको साहसको पनि आज अरुहरुले खुलेर प्रसंशा गर्नेछन् । आर्थिक पक्षको कुरा गर्नु पर्दा सापटी लेनदेनमा भने अलिकति होस पु¥याउनु होला । मन नलागेको ठाउंको यात्रामा जानु पर्दा मन भने बेखुशि नै रहे पनि कृषी पेशामा सम्लग्न हुनुहुनेहरुलाई भने राम्रो छ ।

वृश्चिक राशि : आज तपाईंको आफन्तजन संग मिलन हुने सम्भावना रहेको छ । नया कुरामा आज गरेको लगानीले राम्रै किसिमको फाइदा देला । अनि कुरा गरौं प्रेम प्रसंको, प्रेम प्रसङ्गमा घर परिवारको राम्रो सहयोग मिल्ने देखिन्छ । तर पनि स्वास्थ्यमा भने खरावि देखिएला खानपिनमा सावधानि अपनाउनु होला । नया र रमाइलो स्थालको यात्राले मनमा खुशि छाउला । तर तपाईंले आज पशुपंक्षिहरुबाट भने सावधानि अपनाउनु पर्ने देखिन्छ । शिक्षण पेशा तथा सङ्गित कमीैहरुका लागि आजको दिन अत्यन्त राम्रो रहने छ ।

धनु राशि : यात्राको समय आएको छ । हतियार प्रयोग गर्दा विचार गर्नहोला । मन लगाएर गरिराखेको काममा एकाएक अवरोध आउने पनि देखिन्छ । विवाद उत्पन्न हुने र तनाव सिर्जना पनि होला । त्यसैले आज तपाईंले बडो सावधान पूर्वक काम गर्नु पर्ने देखिन्छ । नयाँ कामको थालनी गर्न भन्दा पुरानो कामलाइ निरन्तरता दिदा बेश हुने छ ।

मकर राशि : तपाईंको आज भाग्य चम्कन सम्छ । काममा भरपुर मन लगाउनु होला । तपाईंको आÏनै बुद्घि र बलले सबै कुराहरु राम्रो हुने दिन छ । रुपैया पैसा लेनदेनको कुरामा भने होश पु¥याउनु पर्ने देखिन्छ । सांझपखको छोटो यात्राले पनि तपाईंलाई आज खुशि बनाउने देखिन्छ । प्रेम–प्रसंका कुरामा पनि आज तपाईंले शुखको अनुभव गर्न सक्नु हुनेछ । सामाजिक काममा पनि तपाईं आज सरिक हुनुहुने सम्भावना रहेकोछ । तरल पदार्थको काममा प्रसस्त लाभ मिल्ने देखिन्छ ।

कुम्भ राशि : समय तपाईंका लागि राम्रो छ । लामो समय देखि काममा देखिएको समस्या आज समाधान हुन सक्छ अलिकति प्रयास भने गर्नै पर्नै देखिन्छ । ऐतिहासिक स्थानको यात्रमा पनि रमाउन पाउनु हुने छ । अनि एउटा कुरा आज तपाईंका कुरा काट्ने मान्छेहरु पनि प्रसंशा गर्न थाल्नेछन् । तपाईंले आज समाजमा राम्रो किसिमको छाप छोड्रन सक्नु हुनेछ । दाम्पत्य जीवन अनि प्रेम प्रसंगमा भने मनमुटावको सम्भावना रहेको छ । त्यसैले आज तपाईंले वाद विवादबाट भने जोगिनु होला । शिक्षा सङ्गित र कला क्षेत्रमा रामै्र प्रगति हुने देखिन्छ ।

मीन राशि : आज तपाईको आत्म विश्वास बड्ने देखिन्छ । तरपनि अचानक काममा बाधा पर्ने सम्भावना रहेको छ, त्यसैले कामहरु समयमै सक्ने कोसिस गर्नु होला । आर्थिक पक्ष राम्रो छ त्यसैले रुपैया पैसाको काममा आज राम्रौ किसिमको लाभ मिल्ला । तपाईंलाई आज गन्नेमान्ने ब्यक्तिहरुले पनि सहयोग गर्नेछन् तर तपाईंले आज पशुपंक्षिहरुबाट भने सावधानि अपनाउनु पर्ने देखिन्छ । यदि तपाईं साहित्य प्रति अभिरुचि राख्नुहुन्छ वा साहित्य लेखन गर्नुहुन्छ भने तपाईंका लागि आज फलदायी दिन छ ।

प्रतिक्रिया दिनुहोस