मध्य रातमा कुकुर रोएपछि…सम्झिनु होस अब यस्तो सम्म

कुकुरको वफादारीको बारेमा त सुनेकै छौ । कुकुर मानिस भन्दा पनि धेरै वफादार हुन्छन् । त्यहि कुुकुरको बारेमा आज हामी चर्चा गर्छौ । अमेरिकामा बस्ने एक महिला र उनका बच्चाहरुको कुकुरको कारण ज्यान जोगिएको छ ।

नैना चैचैंडाले आफु र बच्चाको साथमा एउटा कुकुर पालेकी थिइन् । उनीहरु राति सुतिहेका थिए । मध्य रातमा उनको कुकुर बेस्सरी कराउनुको साथै रुन थाल्यो । धेरै बेरसम्म कुकुरले रुन कराउन थालेपछि नैना घरको बाहिर निस्कीन । बाहिर निस्कन ढोका खोल्दा बित्तिकै कुकुर जोडले कराएर नैनाको कोठामा पस्योे ।

नैनाको कोठामा ७ महिनाकी छोरी सुतिरहेकी थिइन् । कुकुर ती बच्चीको नजिक गयो र बच्चीको डाइपर समातेर तान्न थाल्यो । आफ्नो छोरीलाई कुकुरको मुखले तानेको देखेर कुकुरलाई लखेट्न लागिन, तर त्यहि समयमा उनको नजर आगोलगि रहेको स्थानमा गयोे ।

वास्तवमा घरको कम्पाउन्ड भित्र लागेको आगो विस्तारै विस्तारै घर भित्र पनि बढ्दै थियो । नैनाले आगो देखेपछि आफ्ना दुई सन्तान र कुकुर लिएर बाहिर निस्किइन् । आफु बाहिर निस्केपछि तुरुन्त फायर ब्रिगेडको सहयोगले आगो निभाउन सफल भइन् । आगोले घरलाई धेरै क्षति पुगेपनि कुकुरको कारण भने उनी र उनका सन्तान बाचेका छन् । नैनाले कुकुरलाई धन्यवाद दिदै आफ्नो घरमा भएको घटना कुनै चमत्कार भन्दा कम नभएको बताएकी छिन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस