कतै तपाईले सपनामा सर्प त देख्नु भएको छैन ? यखि देख्नुभएको छ भने यस्तो हुन्छ यसको असर

काठमाडौं साउन १३ । सपना सर्प देख्नु नौलौ कुरा हैन । तर हरेक सपनाको आ आफ्नै कारण हुन्छ ।
धर्म शास्त्र अनुसार सपना देख्नु भनेको हामी सुतेको बेलामा हाम्रो आत्मा बाहिर निस्कन्छ । । जेसँग आत्माको भेट हुन्छ त्यही सपना देख्छौं भन्ने विश्वास रहेको छ, भने धर्म शास्त्र अनुसार सुतेको बेला सुतेको व्यक्तीलाई केही लाइदिनुहुन्न भन्ने मान्या रहेको छ । कारण बाहिर गएको आत्मा फेरि हाम्रो शरीरमा आउदा शरीरले चिन्दैन । यदि आत्मा शरीर भित्र प्रवेश गरेन भने सुतको व्यक्तीको मृत्यु समेत हुन सक्छ ।

आधुनिक विज्ञानले भने जो मान्छे थाकेको छ , केही काम अधुरो छोडेको छ , जानु पर्ने ठाउँमा गएको छैन, त्यस्तै कुरा सोचेर सुतेपछि सपना देखिन्छ भन्ने विश्वास राख्छ ।

ज्योतिश शास्त्र अनुसार जो मान्छेमा सर्प योग छ । त्यस्ता व्यक्तीले सपनामा सर्प देख्छ भन्ने तर्क छ । सर्प योग भनेको जो व्यक्ती पञ्चमीमा जन्मेको छ । वा पञ्चमीको आसपासमा जन्मेको छ त्यस्ता व्यक्तीले सर्प देख्छ ।
ग्रहमा राहु र केतुको बिचमा अर्को ग्रह आएर बसेको भने पनि सपनामा सर्प देखिन्छ ।

सपनाको कस्तो सर्प देखे कस्तो फल मिल्छ ?

कालो र निलो सर्प सपना देखेमा यसले अनिष्ठ हुन लागेको संकेत गर्छ । नकारात्मक ऊर्जा घरमा ल्याउछ । कुनै र्दुघटना हुने , नराम्रो कुरा सुन्नु पर्ने जस्ता नकारात्मक कार्यको थालनी हुन्छ ।
यदि सपनामा खैंरो , सेतो घियु कलरको सर्प देखेमा शुभ संकेत ल्याउछ । काम बन्ने , सकारात्मक ऊर्जा ल्याउने , आम्दानीका स्रोत बढ्ने जस्ता कार्यको थालनी हुन्छ । यदि सपनामा रङगी बिरङगी सर्प देखेमा यसले नकारात्मक र सकारात्मक दुवैको संकेत गर्छ ।

यदि पञ्चमी तिथिमा जन्मियो भने यसको लागी यस्ता धार्मिक उपाय अपनाउन सकिन्छ :

पञ्चमी तिथिमा जन्मिएकाले पञ्चमी तिथी चाँदीको भाडोमा जल राखेर पृथ्वीलाई चढाउने , तपाईको कुण्डलीमा रहेको चन्द्रमामा राहु , केतु , शनि आएर बसेको छ भने पनि सोमबार उत्तर दिशामा चाँदीको भाडोमा जल राखेर पृथ्वीलाई चढाउने
पञ्चमी तिथिमा शुद्ध शाहाकारी भएर बस्ने ।
नाग पञ्चमीका दिन विधि पुर्र्याएर पुजा पाठ गर्ने वा बाहुन बोलाएर पुजा गराउन सकिन्छ ।
आफु सुत्ने कोठाको वास्तु शास्त्र मिलाउने, सुत्ने कोटामा सर्पका चित्र वा अन्य डरलाग्दा चित्र भए तुरुन्त हटाउने ।
आफु सुत्ने बेडमा कुनै फलाम छ भने, त्यो शनि कारक हो त्यसले त्यस्ता वस्तु पनि हटाउनुपर्छ ।

प्रतिक्रिया दिनुहोस