एजेन्सी /यायोई मत्सुनागा किशोरी छँदा प्रत्येक दिन ‘नराम्रो छुवाइ’को शि’कार हुन्थिन्। कामको शिलशिलामा रेलको भीडभाडमा दिन्दिनै कुनै पुरुषले उनको शरीरमा छु’ने र समाउने गर्थे। यस्तो समस्या मत्सुनागाले मात्र होइन पुरुषवादी जापानी समाजका धेरै महिलाले भोग्नुपर्थ्यो।
तीन दसकपछि मत्सुनागाले आफ्नी छोरीका साथीले पनि उस्तै समस्या भोगिरहेको थाहा पाइन्। सार्वजनिक यातायातदेखि विद्यालयसम्म यौ’नहिं’सा फैलिएको थियो।
यो समस्याको सामाधान खोज्दै किशोरीहरू पुलिस स्टेसनदेखि रेल संचालन गर्ने संस्थासम्म पुगे। ती संस्थाहरूले खासै चासो नदेखाएपछि उनीहरूले आफ्नो झोलामा लेखे-‘नराम्रो छुवाइ अ’प’रा’ध हो। म रुँदै सुत्ने छैन।’ उनीहरूको यस्तो पहलले यौ’न हिं’सा’ बिस्तारै कम हुँदै गयो।
मत्सुनागाले त्यस घ”ट’नाबाट भएर सन् २०१५ मा उक्त सन्देशसहितको ब्याच बनाइन् र पैसा संकलन गर्न थालिन्। सन्देशमा लेखिएझैं त्यसको असर पनि प्रभावकारी बन्दै गयो। एक रिपोर्टका अनुसार करिब ९५ प्रतिशत यौ न हिं’सा घट्यो।