चार शिशुलाई जन्म दिएकी २२ वर्षीया आमाको मृ’त्यु

जनकपुरधाम । जनकपुरधामस्थित काव्या अस्पतालमा मंगलबार च’म्ल्याहा (चार शिशु) लाई जन्माएकी एक महिलाको बुधबार दिउँसो मृ’त्यु भएको छ ।धनुषाको विदेह नगरपालिका वडा नम्बर–७ जोगियाराकी २२ वर्षीया अरमाना खातुनले मंगलवार साँझ शल्यक्रियामार्फत् एकैपटक चार शिशुलाई जन्म दिएकी थिइन् ।एकैपटकमा चार शिशुलाई जन्म दिएकी खातुनको स्वास्थ्य अवस्था ग’म्भीर बनेको थियो । उनको फो’क्सोमा पानी तथा र’गतको मात्रा ज’मेर प’लमन्ड्री ए’डिमा देखिएपछि हिजोदेखि नै डाक्टर अ’जय यादवको नि’गरानीमा भे’न्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

प्र’सुति व्यथा लागेपछि मंगलबार बिहान जनकपुरधामस्थित काव्या अस्पतालमा भर्ना भएकी खा’तुनलाई स्त्री तथा प्रसुति रो’ग विशेषज्ञ डाक्टर सोनिया सिंहले श’ल्यक्रिया मार्फत् शिशुहरुलाई नि’कालेकी थिइन् ।खातुनले श’ल्यक्रियामार्फत् जन्म दिएकी चार शिशुमध्ये तीन छोरी र एक छोरा छन् । शिशुहरुमध्ये छोराको तौल डेढ किलो र छोरीहरुको तौल सवा एक किलो रहेको छ ।शि’शुहरुको अवस्था समेत अ’स्थिर देखिएको र अहिले चार वटै शिशुहरुलाई आ’ईसीयूमा राखेर उपचार भइरहेको का’व्या अस्पतालका सञ्चालक डाक्टर ए’सके सिंहले बताए ।

प्रतिक्रिया दिनुहोस