सुशान्त-रिया केसमा आधारित फिल्मको सुटिङ सुरु भएपछि परिवारको आपत्ति

काठमाडौं । दिवंगत अभिनेता सुशान्तसिंह राजपुतको पारिवारिक वकिल विकास सिंहले बुधबार साँझ पत्रकार सम्मेलन गर्दै सुशान्तको परिवारको अनुमति बिना सुशान्तसा जोडिएका कुनै पनि फिल्म बनाउन नपाउने बताएका छन् ।

सुशान्तको परिवारले सुशान्तको नाममा फिल्म बनाउँदा अनुमति नलिएमा कारबाहि गर्ने पनि बताएका छन् ।

यसै क्रममा वकिल अशोक सरोगीको श्रीमतीले सुशान्त–रिया केसमा बेस्ट फिल्मको सुरु गरेकी छन् ।

एक वेबसाइडमा श्रुति मोदीको वकिल अशोक सरोवगीले बताए अनुसरा उनको श्रीमति सुशानत र रियाको वास्तविक जीवनमा आधारित फिल्म ‘न्याय द जस्टिस’ बनाइरहेकी छन् ।

उनले भने –‘म सुशान्त र रियाको केसलाई पटक पटक बुझने कोसिस गरिरहेको छु । कसैको पनि मृत्यु हुनु नराम्रो खबर हो । मिडियामा दैनिक सुशान्तको केसको बारेमा अनेक तथ्य आइरहेको छ तर पनि यो केसलाई निश्चित विन्दुमा जान दिइएको छैन ।

अशाकले भने –‘मैले यो केसको बारेमा एक डायरी तयार पारेको थिएँ । मैले उक्त डायरी निर्देशक दिलीप गुलाटीलाई देखाएँ । उनलाई मन पर्यो र फिल्म बनाउने निर्णय गरिएको हो । यो फिल्मबाट सुशान्त रिया र यो केसमा जोडिएका अन्य व्यक्तिहरुलाई न्याय मिल्ने छ ।’

प्रतिक्रिया दिनुहोस