आज विहान ४ बजेदेखि लागू हुने गरी ललितपुरको चक्रपथभित्र कर्फ्यू आदेश जारी

काठमाडौं, १८ भदौ । जिल्ला प्रशासन कार्यालय, ललितपुरले चक्रपथ क्षेत्रभित्र लागू हुने गरी कर्फ्यू आदेश जारी गरेको छ । आज(शुक्रबार) विहान ४ बजेदेखि राति १० बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरिएको हो ।

विहीबार (आज) रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा स्थानीय र प्रहरीबीच पुल्चोकमा झडप भएको कारण जिल्ला प्रशासन कार्यालय ललितपुरले भोलि (शुक्रबार) कर्फ्यू आदेश जारी गरेको हो । आज भएको झडपमा परी कयौं प्रहरी र प्रदर्शनकारी घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस