जन्ती आयो, छोरीले विवाह गर्न नमानेपछि आमा नै हिँडिन् दुलाहासँग !

भारतको उत्तर प्रदेशस्थित कानपूर जिल्लामा अधबैंसे दुलहालाई देखेपछि दुलहीले विवाह गर्न अस्विकार गरिन् । भारतीय मिडियाका अनुसार दुलहीले दुलहातर्फ माला फ्याँक्दै चिच्याउँदै भनिन्, ‘ममाथि धोका भएको छ ।’

स्रोतका अनुसार दुलहीको यस्तो व्यवहार देखेपछि त्यहाँ उपस्थित पाहुना, जन्ती अचम्मित भए । त्यतिबेला आमाले छोरीलाई ठूलो दबाब दिइन् तर उनले मानिनन् । रिपोर्टका अनुसार निकै सम्झाएपछि पनि जब छोरी मानिनन् तब दुलहीकी आमा नै दुलहासँग आगरा गइन् ।

भारतीय मिडियाका अनुसार १७ वर्षीया दुलहीले यसै वर्ष १२ कक्षाको परीक्षा दिएकी छिन् । ती युवतीकी आमाले आगरामा बस्ने आफ्नी काकीकी नन्दका छोरासँग उनको सम्बन्ध तय गरेकी थिइन् । मार्च १० तारिखको बेलुकी आगराबाट दुलाहा जन्ती लिएर दुलहीको घर पुगे । जब दुहली वरमाला लिएर स्टेजमा पुगिन् तब दुलहालाई देखेर भड्किइन् । ती युवती आफूमाथि धोका भएको भन्दै चिच्याउन थालिन् । परिवारले के कारणले विवाह गर्न नखोजेको भनेर सोध्दा उनले ‘जस्तोसुकै स्थिती भएपनि म यो बुढासँग विवाह गर्दिनँ’ भन्दै रुन थालिन् । दुलहीले विवाह अघि जुन केटाको तस्बिर देखाइएको थियो त्यो उनी नभएको बताइन् ।

छोरीले दुलाहा अस्विकार गरेपछि भोलिपल्ट बिहान, जे भयो त्यो थप चकित पारिदिने किसिमको भयो। जब छोरीलाई विवाहका लागि मनाउन सकिनन् तब आमा नै सबैलाई छोडेर आफैं दुलहासँग आगरा गइन् । बेहुलीका अनुसार तीन वर्षअघि उनको पिताको मृत्यु भएको थियो । उनका एक बहिनी र एक भाइ छन् ।

प्रतिक्रिया दिनुहोस