आफ्नै छोराले यौनहिंसा गरेको भन्दै आमाले दिइन् प्रहरीमा उजुरी

आफ्नै छोराले यौनहिंसा गरेको भन्दै एक महिलाले प्रहरीमा उजुरी दिएकी छिन् । कञ्चनपुरको कृष्णपुर नगरपालिका– ६ मौरीफाँटाकी ५८ वर्षीया आमाले ३० वर्षीय छोराले आफूमाथि यौनहिंसा गरेको भन्दै उजुरी दिएकी हुन् ।

छोरा सानै हुँदा श्रीमान् गुमाएकी ती महिलाले छोरालाई हुर्काएकी थिइन् । मदिराले लठ्ठ भएर बारम्बार आफूमाथि यौनहिंसा गरेपछि बाध्य भएर उजुरी दिनुपरेको उनको भनाइ छ ।

जबर्जस्ती करणी गरेको अभियोगमा उनले मुद्दा दायर गरेकी छिन् । अपराध लुकाउन नसकेर प्रहरीसमक्ष आएको भन्दै आमाले छोराविरुद्ध दायर गरेको मुद्दा कञ्चनपुर प्रहरीले दर्ता गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता अमरबहादुर थापाले छोराविरुद्ध आमाले दिएको मुद्दा दर्ता भएको बताए । ‘मुद्दा दर्ता भइसकेको छ,’ प्रवक्ता थापाले भने, ‘छोरालाई पक्राउ गरी अनुसन्धान सुरु भइसकेको छ, अदालतबाट म्याद थप गरेका छौँ ।’

प्रतिक्रिया दिनुहोस