लकडाउनमा घरमै ‘बोल्ड’ अदिति, हेर्नुहोस् केही तस्बिर सहित

नेपाली चलचित्र ‘कृ’ बाट एकाएक चर्चामा आएकी नायिका हुन् अदिति बुढाथोकी ।

उनले भुवन केसीले निर्माण गरेको चलचित्र ‘कृ’मा मेगा स्टार अनमोल केसीसँग नेपाली चलचित्रमा पाईला टेकेकी हुन् ।

उक्त चलचित्रले बक्स अफिसमा दमदार कलेक्सन गरेर सुपरहिट साबित भइसकेको छ ।उनले ‘कृ’ खेली सकेपछी अरु कुनै नेपाली चलचित्रमा काम गरेकी छैनन् ।

चलचित्र ‘कृ’ खेली सकेपछी उनको चर्चा परिचर्चा एकाएक चुलिएको छ भने दर्शकको मन- मुटुमा बसिसकेकी छिन् । उनको अभिनय र सुन्दरताले नेपाली युवाहरुलाई लठ्ठ बनाएकी छिन् ।
नेपाली फिल्म ‘कृ’ मा अनमोल केसीसँग अभिनय गरेपछि चर्चामा आएकी अदिति पछिल्लो समय फिल्मका कारण भन्दापनि आफ्नो ग्ल्यामर तस्वीरका कारण चर्चामा रहन्छिन ।

कोरोना भाइरसको संक्रमणबाट देशलाई बचाउन सरकारले लकडाउन घोषणा गरेपछि अभिनेत्री अदिती बुढाथोकी घरभित्रै सीमित भएकी छन् । भारतको मुम्बई बसेर बलिउड प्रवेशका लागि संघर्ष गर्दै आइरहेकी उनी एक फिल्ममा अभिनय गर्नका लागि गएको महिना नेपाल आएकी थिइन् । तर, उनी नेपाल आएको केही दिनमा नै देश लकडाउन भयो र उनी घरभित्रै नजरबन्द भइन् ।

नौं लाखभन्दा बढी फलोअर्स रहेको इन्स्टाग्राममा निकै सक्रिय रहने अदिती दैनिकजसो आफ्ना ‘हट एण्ड बोल्ड’ तस्विरहरु शेयर गरिरहेकी हुन्छिन् ।
लकडाउनको समयमा भने उनले घरभित्रै खिचेका तस्विरहरु पोस्ट्याउने गरेकी छन् । बिहीवार उनले घरको छतमा वर्कआउट गरिरहेको आफ्ना केही तस्विरहरु शेयर गरेकी थिइन् । जसमा उनको शरीर निकै फिट देखिएको छ ।

घरमै समय बिताइरहेकी अदितिलाई सामाजिक सञ्जालमा सक्रिय भइरहन्छिन् । उनले पनि सामाजिक सञ्जालमा निरन्तर जसो तस्वीर शेयर गर्ने गर्छिन् साथसथै ब्यायम, योग, ध्यान गरेर स्वस्थ रहन र समयको सदुपयोग गर्न फ्यानहरूलाइ सुझाव दिइरहन्छिन ।

नेपाली चलचित्रमा आउनु भन्दा पहिला उनी भारतीय म्यजिक भिडियोमा मोडलिङ गर्दै आएकी थिइन् । उनले भारतीय म्यजिक भिडियो “उम्मिद” र ‘मे तेरा हो गया’ मा अभिनय गरेकी छिन् ।

उनी पछिल्लो समयमा विविध बिषयले चर्चामा आएकी हुन्छिन् । कहिले अनमोललाई लिएर त कहिले उनको सुन्दरता र गेटपलाई लिएर भारतीय र नेपाली मिडिया, सामाजिक सञ्जालमा चर्चामा आइरहन्छिन् ।

५ वर्षअघि एउटा म्यागजिनको आवरण तस्बिर खिचाएर ग्ल्यामरको क्षेत्रमा प्रवेश गरेकी अदिति बुढाथोकीका लागि त्यसपछिका दिनहरू फलदायी बन्दै गए ।
त्यसपछि उनले टीभीसी एड तथा पेपर एडहरूमा अवसर पाइरहिन् भने र्‍याम्प वर्क तथा फोटो सुट आदि पनि गरिरहिन् ।

प्रतिक्रिया दिनुहोस