चर्चित सञ्चारकर्मी रवि लामिछानेको आज जन्मदिन: यस्ता छन् धेरैलाई थाहा नभएका उनका जीवनका आरोह अवरोह !

आज चर्चित सञ्चारकर्मी रबि लामिछानेको जन्म दिन परेको छ । विकिपिडयाका अनुसार रविको जन्मदिन आज परेको हो ।सन् २०१३ को अप्रिलमा नेपालको न्युज २४ टेलिभिजनमा निरन्तर ६० घण्टाभन्दा बढी समय टेलिभिजन अन्तर्वार्ता चलाएर उनले विश्व रेकर्ड कायम गरेका छन् ।रवि लामिछाने अहिले न्युज २४ टेलिभिजनबाट सिधाकुरा जनतासंग कार्यक्रम चलाउछन्।

भ्रष्टाचार, कर्मचारीतन्त्रमा देखिएको लुटतन्त्र र ठगि, अनियमिता र समाजमा देखिएको कुरुति, कुसंस्कार तथा वैदेशिक रोजगारका नाममा विदेश र स्वदेशमा भइरहेका ठगिका घटनालाई पर्दाफास गरेर पत्रकार लामिछाने अहिले चर्चाको शिखरमा छन् ।

रबि लामिछाने अहिले सबैको मन मुटुमा बसेका छन् । उनले गरेका कामहरु उदाहरणिय छ । उनको साथमा करौडौ जनता छन् । उनी नेपाली युवाको आइडल मानिन्छन् ।

रवि लामिछानेको जीवनको आरोह-अवरोह

५ सेप्टेम्बर सन् १९७४ मा भक्तपुरको बागेश्वरीमा जन्मिएका रवि लामिछाने किशोरावस्थामै कार्यक्रम चलाउँथे । दाजु हरिशरण लामिछाने रेडियो नेपालका समाचारवाचक हुनुले उनमा आवाजको दुनियाँमा काम गर्ने प्रेरणा मिलेको थियो । तर, उनी देशभित्र लामो समय बसेनन् । मिडियामा काम गरिसकेका उनी मिडियामै काम गर्नेगरी स्वदेश फर्किए । गिनिज बुकमा नाम लेखाउने देखि जनताको समस्या उठाएर चर्चामा आए । चर्चासँग पटक पटक विवादमा आएका उनी हिरासतसम्म पुगेर धरौटीमा रिहा भए । उनको आरोह र अवरोहले भरिएको जीवन यस्तो छः

रवि लामिछानेले आफ्नो प्रारम्भिक शिक्षा भृकुटी माध्यमिक विद्यालयबाट लिए । एसएलसीमा प्रथम श्रेणीमा उत्तीर्ण भएका उनी प्रतिभाशाली छात्रका रुपमा चिनिन्थे । विद्यालय जीवनमा साहित्य र कलामा समेत लागेका थिए । विद्यालय जीवनपछि उच्च अध्ययनको लागि रत्न राज्य लक्ष्मी क्याम्पसमा भर्ना भएका थिए । तर, आइएभन्दा माथिको अध्ययन गर्न सकेनन् । त्यसपछि उनी अमेरिका बसाईँ सरे । संयुक्त राज्य अमेरिकाको बसाईमा फास्ट–फूड चेन जस्ता विभिन्न क्षेत्रमा व्यवस्थापकको रूपमा काम गरे । बोल्न सिपालु र आकर्षक जीउडालका उनी त्यहाँ पनि नेपालीहरुमाझ लोकप्रीय थिए ।

पूर्वपत्नी इशा र छोरीसँग अमेरिकामा रम्दै रवि
रवि लामिछानेको व्यक्तिगत जीवनका सुख दुःख उत्तिकै रोचक छ । विद्यालय जीवनमै प्रेममा परेका थिए लामिछाने । उनले आफ्नै स्कुल जीवनकी प्रेमिका इशा लामिछानेसँग किशोरावस्थामै विवाह गरेका थिए । उनीहरुका दुई छोरी पनि छन् । सन् २०१८ मा उनीहरुले २५ वर्षको वैवाहिक सम्बन्धको अन्त्य गरे । यसले निकै चर्चा पायो । रवि र इशाबीच मिडियामा जुहारी जस्तै पर्यो । सँगै जिउन कसम खाएको जोडीले २५ वर्षको वैवाहिक जीवन अन्त गर्नुमा एक अर्कालाई दोषी देखाए । रवि स्वेदश फर्किए, इशा अमेरिकामै बसिन् ।

रविसँग अमेरिकाको ग्रीनकार्ड भएको विषय बाहिर समेत आएको थियो । तर, उनले पछि ग्रीनकार्ड त्यागेको घोषणा गरे । उनी सन् २००७ देखि २०१७ सम्म अमेरिकी नागरिक रहेको तथ्य भेटिन्छ । एक दशक अमेरिका बसाईँपछि फर्किएपनि उनले ग्रीनकार्ड छाडेका थिएनन् । यो विषय बाहिर आएपछि उनले ग्रीनकार्ड त्यागेको घोषणा गर्दै नेपाली हरियो पासपोर्टमा विदेश यात्रा गरेको सार्वजनिक गरेका थिए ।

रविको धेरै महिलासँग नाम जोडियो । जसमध्ये लोकप्रीय नायिका करिश्मा मानन्धर पनि हुन् । करिश्मासँग उनी अमेरिकामा लिभिङ टुगेदर बसेको विषय समेत बाहिर आयो । करिश्मालाई पत्रकारहरुले समेत यसबारे प्रश्न सोध्ने गर्थे । रवि लामिछाने हिरासतमा हुँदा उनको समर्थकहरुलाई करिश्माले भेडाको संज्ञा दिएर ट्वीट गरेकी थिइन् ।

 

प्रतिक्रिया दिनुहोस