ब्लड क्यान्सरबाट पीडित बिकले उपचारका लागि आर्थिक अभाव भएपछि सहयोगको अपील

काठमाडौं, २० भदौ । सल्यानको सारदा नगरपालिका–१ की २६ वर्षीया आस्था बोहरा बिकले उपचारका लागि सहयोगको अपील गरेकी छन् । ब्लड क्यान्सरबाट पीडित बिकले उपचारका लागि आर्थिक अभाव भएपछि सहयोगको अपील गरेकी हुन् ।

परिवारिक स्रोतका अनुसार बिकलाई थर्ड स्टेजको ब्लड क्यान्सर देखिएको र वीपी कोइराला क्यान्सर हस्पिटल भरतपुरमा उपचार भइरहेको छ ।

‘अहिलेसम्म उपचारमा ९ लाख रुपैयाँ खर्च भइसकेको छ । थप उपचारका लागि आर्थिक अभाव भएकाले सहयोग गरिदिनु हुन अनुरोध छ’, बिरामीका श्रीमान एकराज बिकले भने, ‘थप ३० देखि ३५ लाख खर्च हुने भनिएको छ । त्यसैले सहयोगका लागि सबैसँग आग्रह गरेका हौं ।’

बिकको उपचारका लागि विभिन्न संघ संस्थाले आर्थिक सहयोग गरेको र सहयोगका लागि अपील समेत गरेको परिवार स्रोतले बताएको छ । उनका श्रीमानले अटो रिक्सा चलाउँदै आएका थिए । श्रीमतीको उपचारका लागि अटो रिक्सा समेत बेचेका उनका श्रीमानले उपचारमा आर्थिक सहयोग गरिदिन अनुरोध गरेका छन् ।

बिकलाई सहयोग जुटाउन एकराज बिकको नाममा कृषि बिकास बैंकमा 0919801116627018 नम्बरको खाता खोलिएको छ । थप जानकारीका लागि बिकको मोबाइल नम्बर 9866185554 मा सम्पर्क गर्न परिवारले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस