सुनको मुल्य भाद्र महिनाकै सस्तो

ताको दोस्रो दिन सुनचाँदीको मुल्य स्थिर भएको छ ।

आज सोमबार सुनचाँदीको मुल्य अघिल्लो दिनकै मुल्यमा कारोबार भैरहेको छ । आइतबार छापावाल सुनको मुल्य ९६ हजार १ सयमा कारोबार भएकोमा आज पनि सोही मुल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै तेजावी सुनको मुल्य हिजो र आज ९५ हजार ५ सयमा कारोबार भैरहेको छ भने चाँदीको मुल्य प्रतितोला १३ सय २० मा कारोबार भएको महासंङ्घले जनाएको छ ।

भाद्र महिलाको २२ गतेसम्म आइपुग्दा सुनको मुल्य यो महिनाकै सस्तो हो । यसअगाडी भाद्र २ गते प्रतितोला १ लाख ४ हजारमा कारोबार भएको सुन त्यसपछिका कुनै पनि दिनमा १ लाख नाघेको छैन ।

प्रतिक्रिया दिनुहोस