८ कक्षा पढ्ने छोरी दुब्ला,एपछि अस्पतालमा भर्ना, रिपोर्ट देख्दा एच,आइभी संक्र,मित आमा बे’होस

निजी स्कुलको ८ कक्षामा पढ्ने किशोरी लगातार दुब्लाउँदै गएकी थिइन् । छोरीको हालत देखेर आमाले उनलाई भारतको पञ्जावस्थित एक अस्पताल लिएर गइन् ।अस्पतालमा डाक्टरले उनको जाँच गरेपछि आमालाई रिपोर्ट दिंदै छोरी एचआइभी संक्रमित भएको बताएपछि आमा बे’होस भइन् ।

आमाले छोरी कसरी संक्रमित भइन् भन्ने थाहा नभएको बताएकी छिन् । किशोरीका अनुसार उनको साथमा ११ र १२ कक्षा पढ्ने ३–४ जनाको समूह छ । केही समयअघिदेखि उनीहरुको मित्रता थियो । एक दिन साथीहरुले उनलाई सेतो रंगको पाउडर ल्याएर सुँघ्न भने । साथीहरुको कुरा मानेर उनले पनि त्यो पाउडर सुँघेर हेरिन् । त्यसपछि विस्तारै त्यसको बानी भयो । उनले विगत १ वर्षदेखि यसको न’शा गर्दै आएको बताएकी छिन् ।

किशोरीका अनुसार गाउँकै केही युवकले ला’गूपदा’र्थको सप्लाइ गर्छन् । उनले ती केटाहरुलाई चिन्दिनन् किनकी यो न’शा उनका साथीहरुकहाँ आउँछ । साथीहरुले पछि उनलाई दिन्छन् । यसैले आज उनको हालत यस्तो भएको छ ।

यो पनि : युवाबीच ५० अण्डा खाने बाजी, ४२ औं अण्डा खाँदै गर्दा गयो ज्यान

कहिलेकाहीं साथीसाथीबीच रमाइलो गर्न बाजी राख्ने चलन पुरानै हो । यस्ता बाजीमा खानेकुरा खाने बाजी समेत पर्ने गर्छ । तर, नहुँदो काममा अनावश्यक हठ गर्दा कहिलेकाहीं स्वास्थ्यलाई हानी मात्र गर्दैन ज्यान जाने समेत गर्छ । यस्तै घटना भारतमा भएको छ । भारतको उत्तर प्रदेशमा ५० वटा अण्डा खाने बाजी लगाएर ४२ औं अण्डा खाँदाखाँदै एक व्यक्तिको मृत्यु भएको छ । भारतीय प्रहरीले जनाए अनुसार सोमबार उत्तर प्रदेशको जाउनपुर जिल्लामा यसरी बाजी राख्दा ४२ वर्षीय सुवास यादवको मृत्यु भएको हो ।

प्रहरीका अनुसार यादव र उनका साथीहरुबीच विवाद भइरहेको बेलामा बिबिगन्ज मार्केटमा अण्डा खाने बाजी राखिएको थियो । यादवले सोही क्रममा आफूलाई २००० भारु दिएमा ५० वटा अण्डा खाने बाजी राखेका थिए ।

साथीहरुले उसिनेको ५० वटा अण्डा ल्याएर यादवलाई खान दिएका थिए । ४१ वटासम्म अण्डा उनले राम्रैसँग खाएका थिए । तर, ४२ औं अण्डा उनको मुखमा परेपछि उनी बेहोस भएका थिए । उनलाई तत्कालै नजिकको क्लिनिकमा लगिएको थियो । त्यहाँ सम्भव नभएपछि उनलाई सञ्जय गान्धी पोस्ट ग्राजुएट इन्स्टिच्युट अफ मेडिकल साइन्समा लगिएको थियो । यादवको होस आएन र उनको केही घण्टामा नै मृत्यु भएको थियो ।

चिकित्सकले धेरै अण्डा खाएर यादवको मृत्यु भएको जनाएका छन् । सो घटनाको बारेमा परिवारका सदस्यले भने केही पनि बताएनन् । ५० वटा अण्डाको तौल करिब ६ पाउण्ड हुने र त्यो पेटलाई चाहिने औसत भन्दा निकै धेरै हुने जनाइएको छ ।

गार्जियनका अनुसार सन् २०१३ मा लण्डनमा एउटा अण्डा खाने प्रतिस्पर्धामा भाग लिँदा शारोन डिक्सन नामकी एक महिलाको मृत्यु भएको थियो । उनको उपचारको क्रममा दुई दिनपछि अस्पतालमा मृत्यु भएको जनाइएको छ ।

त्यसैगरी सन् २०१२ मा धाओ फ्यान्टासी नामका व्यक्तिको अण्डा खाने म्याराथनका क्रममा मृत्यु भएको अष्ट्रेलियाको न्यूज डट कम एयुले जनाएको छ । उनले साथीहरुको चुनौतिका कारण २८ वटा काँचो अण्डा खाएकोमा पेट दुखेर अस्पताल लग्दा उनको मृत्यु भएको थियो । खानेकुरा खासगरी अण्डाको प्रसंगमा हुने प्रतिस्पर्धामा मानिसको मृत्यु हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस