भोली एक दिनमात्र ब्रत बसेर यो एक काम गर्नुहोस जीवनभर लक्ष्मीको कृपा हुनेछ

भाद्र शुक्ल पक्षकाे सप्तमी तिथि अर्थात भाद्र ९ गतेबाट शुरुभएकाे महालक्ष्मी अनुष्ठान,व्रत आश्विन कृष्णपक्षकाे सप्तमी तिथि अर्थात भद्र २४ गते बुधबारबाट समापन हुदैछ । विशेषगरी धन,सम्पत्ति तथा वैभवका लागि उक्त व्रत बस्ने विधान रहेकाे छ । याे लगातार १६ वर्षसम्म बस्नुपर्ने नियम रहिएकाे छ । व्रत बसेकाे १६ वर्ष भित्र समस्त मनाेरथ पूर्णहुने पनि शास्त्रमा उल्लेख गरिएको छ । पितृ पक्षमा समापन हुने भएकाले पनि शक्तिशाली व्रतकाे रुपमा लिएकाे छ । विशेषगरी अष्टलक्ष्मीकाे पुजा तथा पाठ पारायण हुनेहुनाले यसलाई महालक्ष्मी व्रत भनेर भनिएकाे हाे ।

र यो पनि आफ्नो घरमा राख्नुहोस् यी पवित्र चीज, सदैव मिल्छ धनकी देवी लक्ष्मीको कृपा

मानिसको जीवनमा सबैभन्दा ठूलाे समस्या भनेकै गरीबी अर्थात निर्धनता नै हाे । शास्त्रमा उल्लेख गरिए अनुसार मान-सम्मान र प्रतिष्ठा प्राप्त गर्नु पनि लक्ष्मी कै रुप हाे भनेर उल्लेख गरिएको छ । लक्ष्मीका आठ रुपलाई विशेष रुपमा पुजा तथा साधक हरुले साधना गर्ने गर्दछ जसलाई अष्ट लक्ष्मी भनेर शास्त्रमा व्याख्या गरिएको छ।

पहिलाे धन लक्ष्मी दाेस्राे गज लक्ष्मी तेस्राे अधि लक्ष्मी चाैथाे सन्तान लक्ष्मी पाँचौ धान्य लक्ष्मी छैटौं एेश्वर्य लक्ष्मी साताै विजय लक्ष्मी र अन्यत्यमा आाठैं वीर लक्ष्मी भनेर व्याख्या गरिएको छ । हरेक मानिसले अष्ट लक्ष्मी मध्ये कुनै एक लक्ष्मीकाे साधना गरिरहेका हुन्छन र यहीँ अनुसार आफ्नाे जीवन चलाई रहेका हुन्छन् ।

लक्ष्मी लाई चन्चल स्वरुप भनेर भनिएकाे छ । जुन जाेकाेही संगपनि एकै स्थानका अडिन नसक्नुका साथै एक स्थानबाट अर्काे स्थानमा तुरुन्तै जाने गरेकाे शास्त्रमा उल्लेख गरिएको छ । धनकाे राजा भनेर कुबेर लाई मानिएकाे छ र कुबेरकाे निवास भनेर उत्तर दिशा लाई भनिएकाे छ त्येसैले उत्तर दिशा संसारमा शक्तिशाली दिशा भनेर भनिएको छ। लक्ष्मीकाे अलक्ष्मी रुपपनि हुनेहुदा दिनहु झैझगडा हुने घरमा कहिल्यै लक्ष्मीकाे बास नहुने उल्लेख गरिएको छ ।

मानिस जन्मिएको समयमा धनकाे राजा भनेर भनिने कुबेर याेग तेस्तै चन्द्रमा र मंगल तथा शुक्र चन्द्रमा मिलेर बनाउने महालक्ष्मी र लक्ष्मी याेग बृहस्पति तथा चन्द्रमा मिलर बनाउने गजकेशरी याेग लगाएत अन्य याेगमा जन्मेका मानिस हरुले संसारकाे जुनसुकै कुनामा गएर बसेपनि लक्ष्मीकाे कृपा रहिरहन्छ यस्ता व्यक्तिलाई लक्ष्मीकाे स्वरुप भनेर पनि भन्ने गरिन्छ । जहाँ जाेसंग जुन काममा लागि रहेका छन् त्येस स्थानमा धनकाे वर्षा गराउने गर्दछन । त्येस्ता मानिसहरू कसैले गुमाउन चाहदैनन् र लामाे समयसम्म उनीहरूकै कामका लागि रहेका हुन्छन् । जसकाे कारणबाट दुबै जनालाई सदैब लक्ष्मीकाे कृपा भैरहने हुन्छ ।

यदी यस्ता व्यक्ति उक्त कामबाट निस्कनु या निकालिनु परेमा चलिरहेकाे कार्य तथा व्यबहार बिग्रने वास्तुविद् हरुले जानकारी गराएका छन् ।प्राचीन समयमा समुन्द्र मन्थन गर्नु भन्दा अघि सम्पूर्ण देवी देवता निर्धन तथा एश्वर्य बिहिन भएका थिए ।उक्त मन्थनकाे समयमा लक्ष्मी प्रकट भएपछि भगवान् इन्द्रले माता लक्ष्मीकाे स्तुति गरेपछि लक्ष्मी प्रशन्न भएर महालक्ष्मीले देवराज इन्द्रलाई वरदान दिएकाे प्रसङ्ग पनि उल्लेख गरिएको छ । जुन व्यक्तिले माता लक्ष्मीकाे नियमित रुपमा श्रीशुक्त पाठ तथा पुजा गर्दछन या आफू निवास गर्ने स्थानमा राख्दछन भने कहिल्यै लक्ष्मीले साथ नछाड्ने र सदैव धन सम्पत्तिले परिपुर्ण हुने उल्लेख गरिएकाे छ ।श्रीशुक्त माता लक्ष्मीकाे सबैभन्दा ठूलाे र शक्तिशाली निवास गर्ने स्थान हाे ।

(लेखक रिजाल ज्याेतिष तथा वास्तुविद् हुन् । उनी दक्षिण एसियाली ज्याेतिष महासंघ नेपालका महासचिव पनि हुन । उनकाे सम्पर्क नम्बर ९८५१०६११२४ र  रहेकाे छ)

प्रतिक्रिया दिनुहोस