बालकले खेल्दाखेल्दै जिउँदै सर्प निलेपछि…

एक वर्षका बालकले खेल्दाखेल्दै जिउँदै सर्प निलेको सनसनीपूर्ण घटना सार्वजनिक भएको छ । आफ्नो घरमा खेल्दाखेल्दै ती बालकले सर्पको बच्चा जिउँदै निलेका थिए ।

बालककी आमाले सर्पको पुच्छर बालकको मुखमा देखेपछि त्यही पुच्छर समातेर तानेर सर्प बाहिर निकालेकी थिइन् ।

बरेलीको फतेहगंज पश्चिमी थानाक्षेत्र भोलापुरमा भएको घटनामा आमाले पुच्छर समाचेर सर्प मुखबाट बाहिर निकालेपछि बालकलाई तत्काल अस्पताल भर्ना गरिएको थियो । बालकका पिता धर्मपालका अनुसार शनिबार उनका छोरा घरमा खेलिरहेका बेला बालकको नजिकै सर्पको बच्चा आयो ।

बालकले त्यसलाई टिपेर मुखमा राखे । सर्प विस्तारै भित्र जान थाल्यो । बालककी आमाले देखेपछि हतारहतार पुच्छर समातेर र्प बाहिर निकालिन् । त्यतिबेलासम्म सर्प मरिसकेको थियो । डाक्टरहरुका अनुसार बालक पनि खतरामुक्त छन् । उनलाई उपचारपछि घर पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस