चिकित्सा क्षेत्रमा विश्वले विश्वास गर्न नसक्ने अनौंठो घटना, छोरा जन्माएको २६ दिनपछि फेरि जुम्ल्याहा बच्चा

काठमाडौं । विश्वमा हरेक दिन नयाँ र फरक घटनाहरु भइरहेका हुन्छन् । हामीलाई विश्वास नलाग्ने घटनाहरु भइरहेका हुन्छन् । यस्तै एक घटना बाहिर आएको छ । एक महिलाले छोरा जन्माएको २६ दिनपछि फेरि दुईवटा बच्चालाई जन्म दिएकी छन् । चिकित्सा क्षेत्रमा यसलाई चमत्कार मानिएको छ । २० वर्षीय महिलाले हालै छोरालाई जन्म दिएकी थिइन् । सुत्केरी भएको २६ दिनपछि उनले थप दुई बच्चा जन्माएकी हुन् । उनले पछिल्लो पटक जुम्ल्याहा बच्चालाई जन्म दिएको भनिएको छ ।

बंगलादेशकी आरिफ सुल्ताना नाम गरेकी ती महिला श्यामलागाछी गाउँ निवासी रहेको बताइएको छ । उनको उपचारमा संलग्न चिकित्सक शीला पोद्दाका अनुसार पहिलोपटक सुत्केरी हुँदा ती महिलाको गर्भमा अन्य बच्चा रहेकोबारे थाहा नै थिएन । सुत्केरी भएको २६ औं दिनमा स्वास्थ्यमा समस्या भएर उनी अस्पताल आएको र स्वास्थ्य परीक्षणपछि उनको गर्भमा शिशु रहेको थाहा भएको डा। शीलाले बताइन् ।

पहिलोपटक सुत्केरी हुँदा उनले सामान्य रुपमा नै बच्चालाई जन्म दिएको बताइन्छ । तर दोस्रोपटक भने शल्यक्रिया गरिएको थियो । पछिल्लो पटक उनले एक छोरा र एक छोरीलाई जन्म दिएकी हुन् । चिकित्सकका अनुसार उनको शरीरमा दुईवटा गर्भाशय पाइएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस