मलाई आफ्नै सरले यस्तो बनाए

बैतडी – बैतडीका दुई शिक्षकमाथि आफ्नै विद्यालयमा अध्ययनरत एक छात्रालाई करणी गरी ग’र्भवती बनाएको आ’रोप लागेको छ । जिल्लाको दुुर्गम सिगास गाउँपालिकाका शिक्षकले नै आफ्नै विद्यालयकी छात्रालाई क’रणी गरेको आ’रोप लागेको हो । पीडित किशोरी क’रणी भएपछि अर्कैसँग भा’गेर बिहे गरेको र छ महिनामै छोरी जन्मिएपछि क’रणी गरेको कुरा बाहिर आएको हो ।

सिगासको एक विद्यालयमा कक्षा ८ मा अध्ययन गर्ने १७ वर्षीया ती छात्रालाई सोही विद्यालयमा पढाउने शिक्षक खडक बोहरा, केशव बोहरा र स्थानीय रामबहादुर बोहरालेक’रणी गरेको आ’रोप लागेको हो । केशव अहिले विद्यालय छो’डेर गाउँपालिकामा कार्यरत रहेको बुझिएको छ । तीनै जनाले ती छात्रामाथि पटकपटक क’रणी गरेपछि भा’गेर बिहे गर्न बा’ध्य बनाएको छात्राका आफन्तले आ’रोप लगाएका छन् ।

छ महिनामै छोरी जन्मिएपछि किशोरीलाई घरका मानिसले सोधपुछ गर्दा आफूलाई ती व्यक्तिहरुले क’रणी गरेको किशोरीले बताएको एक आफन्तले जानकारी दिए । उनले भने, “घटना पहिलेको भए पनि गाउँमै मिलाउने भन्दै धेरै प्रयास गरे । अहिले कुरा बाहिर आएको छ, अहिले पनि विभिन्न प्रकारका खेल भइरहेका छन् ।”

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले पीडित किशोरीलाई जिल्ला सदरमुकाममा ल्याउने तयारी भएको र किशोरीसँगको वयानपछि मात्रै घटनाका बारेमा थाहा हुने बताए । उनले भने, “यो कुरा बाहिर आइसकेपछि हामीले घटनालाई सूक्ष्मरूपमा अध्ययन गरिरहेका छौँ । सुरक्षाका लागि पनि किशोरीलाई हामी जिल्लामा ल्याउने तयारी गरेका छौँ । संलग्न भनिएका मान्छेको पनि खोजी गरिरहेका छौँ ।” किशोरीलाई ललाइफकाई गरेर क’रणी भएको भए पनि कानूनअनुसार कारवाही हुने प्रहरी नायब उपरीक्षक अधिकारीले बताए ।

मुलुकी अ’पराध संहिता, २०७४ को परिच्छेद १८ मा १८ वर्षभन्दा कम उमेरका महिलालाई ललाइफकाई वा महिलाको मञ्जुरी लिएर क’रणी ग’रेमा समेत कानूनी कारवाही हुने उल्लेख छ । कानूनअनुसार १६ वर्ष वा सोभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिलामाथि क’रणी गरेमा १० देखि १२ वर्षसम्म कैद सजाय हुने उल्लेख छ । यद्यपिकरणी को आरोप लागेकाहरुलाई भने अहिलेसम्म प्रहरीले नियन्त्रणमा लिएको छैन । आ’रोप लागेकाहरुलाई हालसम्म पनि सोधपुछसमेत नगरेको बताइएको छ ।

बालिकाले महेन्द्रनगरपोष्टको कुराकानीमा पनि भनेकी छन् बुवा आमा घरमा नभएको बेला मलाई करणी गरे । भर्खरै मन्दिरबाट फर्केर घरमा एक्लै बसिरहेको बेला खडक सर आए । जसले मलाई एक कक्षादेखि आठ कक्षासम्म पढाएका थिए । मैले तल्लो घरमा जाने तयारी गर्दैगर्दा उनले मलाई समाते ।

अचानक यस्तो हुँदा मलाई अचम्म लाग्यो र पिडा पनि । कराउन त खोजेकी थिए तर सकिन मुख बन्द थियो । मेरो आवाज पनि बन्द भयो उठ्नै सकिन । साँझ घरमा आमा आउनु भयो तर मैले दिउसोको घटना भन्न नै सकिन र चुपचाप बसे ।

स्कुल बाट फर्किने बेला मौका मिल्यो कि यसै गर्न थाल्नु भयो सरले । घटना यतिमै सिमित रहेन आफुले त यस्तो गरे गरे तर उनले आफ्नो अर्को साथीलाई पनि सुनाएछन् त्यसपछि अर्को सरले पनि सुरु गरे । त्यसपछि म स्कुल बाट घर फर्किंदा यी दुइ सर मध्य एक जना मेरो साथमा आउथे पालैपालो मलाई उनीहरुले यो कार्य गर्न थाले तर मैले इज्जत जाने डरले कसैलाई केहि भन्न नै सकिन ।

एकदिनको कुरा हो शैचालयमा गएका बेला खडक पनि भित्र पस्यो र मलाई त्यहि गर्यो त्यो पनि मैले कसैलाई भन्न सकिन चुपचाप सहेर मात्र बसे । घरमा आमालाई भन्छु भनेर धेरै दिन सोचे । तर भन्न सकिन् । त्यसको केही महिनापछि थाहा भयो । पेटमा बच्चा बसिसकेछ । अब म सँग दुई वटा विकल्प मात्र थिए । के त देहत्याग गर्ने वा घर छोडेर जाने । धेरै दिनसम्म मनमा यस्तै सोच आइरह्यो । मेरो मनमा अर्को सोच पनि आयो देहत्याग गर्नु भन्दा बरु मैले अर्को उपाए निकाले र गाउँ कै केटासंग भागेर बिवाह गरे । बिवाह त गरे तर पेटमा बच्चा छ भन्ने कुरा चाही मैले भनिन् ।

केही महिना सबै कुरा ठिकठाकै चल्यो । जब भदौंमा छोरी जन्माए । त्यसपछि गाउँमा हल्ला भयो र सोधपुछ गर्न थालियो र यो घटना बाहिर आयो । त्यसपछि बाध्य भएर ति शिक्षक र वडा कार्यालयका कर्मचारीबारे मुख खोल्नैपर्ने अवस्था आयो । छिमेकी जिल्ला गएर काम गर्ने लोग्ने पनि घर फर्किए । यो बेला के गर्ने के नगर्ने सोच्नै सकेकी छैन् ।

गाउँका सबैजनाले जस्को बच्चा हो उसैले जिम्मा लिनुपर्ने कुरा गर्दैछन् । वडा र गाउँपालिका मान्छेहरुले ‘यतै’ मिलाउने भन्दै कहि नजान् भनेका छन । माइती पट्टीका एक दुई जना दाइहरुले प्रहरीमा जान सल्लाह दिएका थिए ।

मलाई पनि त्यही ठिक लागेको थियो । तर गाउँका जान्नेसुन्ने तथा वडा र गाउँपालिकाका सबै मान्छेले मिलाउँछौ भनेका छन् । जसले जे भनेपनि म माथि त्यस्तो गरेर यो अवस्थामा पुयाउनेहरुलाई सजाय होस भन्ने चाहना त छ ।

तर म एक्लै के गरु ? गाउँ भन्दा बाहिर कही गएकी छैन् । के गर्नेुपर्ने हो त्यो पनि थाहा छैन् । मनमा त लागिरहेको छ कि आज म माथि त्यस्तो गर्नेहरुले भोली अरुलाई पनि नगर्लान र ? यो पाँच, छ महिनाको अवधीमा उनिहरुले त्यस्तै किसिमका अरु ५, ६ वटा घटना गरिसकेको सुन्नमा आएको छ । एउटाले गरेपछि अर्कोलाई भि’डा’ईदिने । अर्कोले अर्कोलाई गरेर महिलाहरुलाई नै गलत प्रमाणित गर्ने गरेका छन् भन्ने सुन्छु ।

मेरो गल्ती त केही थिएन् । तर यतिबेला म’र्नुं न बाँ/च्नुको अवस्थामा पुगेकी छु । नाकमा आएको सिगान पुछेर कखरा सिकाउँदै आठ कक्षा सम्म पढाउने शिक्षकले त्यस्तो गर्लान भन्ने कल्पना समेत गरेकी थिइन् । त्यसपछि जसले जन्माए, हुर्काए उनले त केही गरिदेलान कि भन्ने थियो ।

प्रतिक्रिया दिनुहोस