चि हानबाट पुर्खाहरुको श व निकालेर उत्सव मनाइन्छ

एजेन्सी । विश्वमा थुप्रै खाले रितिरिवाज र चाडपर्वहरु मनाइन्छन । प्राय सबै चाडपर्वहरु रमाइलो, आत्मीय शान्ति र खुसीयालीको अनुभुतिसंग जोडिएका हुन्छन । त्यस्तै ईण्डोनेशियामा पनि एउटा अनौठो चाड मनाइन्छ । तर झट्ट हेर्दा त्यो चाडले तपाँई हामीलाई खुसी नबनाउन पनि सक्छ । किनकी त्यहाँ मनाइने त्यो अनौ ठो चा डको सो झो सम्बन्ध पुराना मा नव श वहरुसंग जोडिएको हुन्छ ।

ईण्डोनेशियाको एक जनजातीय समुदायले मनाउने त्यो चाडलाई ‘मा नेने फेस्टिभल’ भनिन्छ । यो चाड सय बर्षअघिदेखि सुरु भएको हो । यो चाड मनाउनुका पछाडी इण्डोनेशियाको बरप्पू गाउँका बासिन्दाहरु माझ एउटा पौराणिक कथा निकै प्रचलित छ । जसअनुसार स य बर्ष पहिले टोराजन जनजातीय समुदायका एक शि कारी जंगलमा शि कार गर्न गएका थिए ।

पोंग रुमासेक नामका ती शि कारीले जं गलकोबीचमा एउटा लास देखे । सडे गलेको अवस्थामा रहेको त्यो लास देखेर शि कारी रुमासेक बाटैमा रोकिए । उनले त्यो लासलाई आफ्नो कपडा लगाइदिएर अन्तिम संस्कार गरिदिए । यो घ टनापछि शि कारी रु मासेकको जीवनमा ठूलो परिवर्तन आयो । उनका सबै दुख क ष्टहरु ह राए । समृद्धि छायो ।

यही घ टनापछि टोराजन जनजातीय समुदायमा आफ्ना पूर्वजहरुको श व नि कालेर सजाउने चलन सुरु भएको हो । यो समुदायको परम्परागत मान्यता अनुसार शवको सजधज गर्ने कामले पूर्वजहरुको आत्माले आर्शिवाद दिन्छन । यो चाड मनाउने कार्य कसैको मृत्युपछि सुरु हुन्छ । आफन्तजनको मृत्युपश्चात शवको अन्त्येष्टि नगरि कैयौं दिनसम्म उत्सव मनाइन्छ ।

प्रतिक्रिया दिनुहोस