माता मनोकामना माइको दर्शन गर्दै आज २०७७ भाद्र २६ गते शुक्रबारको हेर्नुहोस राशिअनुसार तपाईंको भाग्य !

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

छोटो तथा रमाईलो यात्रा हुने भए पनि गन्तब्यमा पुग्नु अगावै बिभिन्न समस्याहरुको सामना गर्नु पर्नेछ । आफन्त तथा दाजुभाई सँग मनमुटाव सिर्जना हुनेछ भने सहयोग तथा समर्थन नपाउँदा कामहरु समयमा नहुँदा आर्थिक रुपमा कमजोर भईनेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा नहुँने हुँदा कुनै पनि विवादित विषयमा सहभागि नहुँनु होला ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

बोलेर गर्ने कुनै पनि पेशा तथा व्यावसायमा लगानि गर्दा मनग्गे आम्दानि हुनेछ । गित संगित तथा मिडिया जस्ता क्षेत्रबाट मनग्गे लाभ लिन सकिनेछ । पढाई लेखाईमा भनेजस्तो नतिजाको आउने हुनाले मन प्रशन्न रहनेछ । साथिभाई तथा आफन्तका साथ रमाईलो जमघट हुने तथा स्वादिष्ट भोजनका साथ दिन बिताउन सकिनेछ । अग्रजहरुबाट सुनिने शुभ समाचारले मन उत्साहित बनाउनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)

आफन्त तथा घर परिवारका माानिसबाट सहयोग तथा समय अनुकुल सल्लाह पाईने हुँदा काम गर्न सहज हुनेछ । प्रणय सम्बन्धको बिकास हुनेछ भने साथिभाई सँगको सम्बन्धमा आत्मियता बढ्नेछ । पढाई लेखाईलाई समय अनुकुल अगाडि बढाई नतिजा हात प्रार्न सकिनेछ । बिभिन्न मानव निर्मित स्रोत साधनको उपयोग मार्फत आर्थिक स्थिति सुदृड बनाउँन सकिनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउनेछ भने शरिरमा आलस्यता तथा अल्छिपना बढेर जानेछ । शैद्धान्तिक बिषयमा आफन्त तथा अग्रज ब्याक्तित्वहरु सँग बिवाद सिर्जना हुनेछ भने मान सम्मान तथा प्रतिष्ठामा कमिको महशुस हुनेछ । तरपनि यात्राको तय हुनेछ । बैदेशिक क्षेत्रसँग सम्बन्धित व्यापार व्यावसायबाट प्रसस्त आम्दानि हुनेछ भने स्वदेशि उत्पादनमा नाँफा कमाउँन अलि बढि समय खर्चनु पर्नेछ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

समय दिए अनुहार प्रतिफल ढिला प्राप्त हुनेछ । प्राकृतिक स्रोत तथा सरकारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला अनाउबस्यक झन्झटमा फस्ने ग्रहयोग रहेकोछ । अध्ययनमा बाधा पुग्नेछ भने अरुका लागी समय खर्चिनु पर्नेछ । साना तिना स्वास्थ्य सम्बन्धि समस्याले सताउने हुदा दैनिक कामहरु प्रभावित हुन सक्छन् ध्यान दिनुहोला । प्रणय सम्बन्धमा मनमुटाब सिर्जना हुनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

राजनीति तथा समाजसेवामा लागेर जनताको काम गर्न सक्दा राज्यबाट पद प्राप्तिको गतिलो सम्भावना रहेकोछ । फरक शैलि अपनाएर गरिने कुनै पनि व्यापार व्यावसायबाट प्रशस्त आम्दानि गर्न सकिनेछ । नयाँ काम पाउने तथा नोकरिमा पदोन्नतिको प्रसस्त सम्भावना रहेकोछ । चुनौतिहरुको सामना गर्दै लगनशिल भएका काम गर्दा सफलता चुम्न सकिनेछ । अध्ययन अध्यापनमा प्रतिष्पर्धिहरुलाई किनारा लगाउँदै अग्र नतिजा हात पार्न सकिनेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)

पढाईको सन्द्रर्भमा यात्रा हुनेछ भने धार्मिक मठ मन्दिर तिर यात्रा गरि टिका तथा प्रशाद ग्रहण गर्ने अवसर जुर्नेछ । राजनिति तथा सामाजसेवामा जनताको भनेजस्तो समर्थन पाईने हुदा पद प्राप्तीको गतिलो योग रहेकोछ । बुवा वा बुवा सरहका मानिसबाट आर्थिक तथा अन्य सहयोग पाईने हुदा मन प्रशन्न रहनेछ । पढाइ लेखाइमा मन जाने तथा नतिजा आफैतिर आकर्षित गर्न सकिनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

संकट ब्याबस्थापनका लागी चालिएका प्रयासमा बाधा हुनेछ भने फसाउनेहरु हाबि हुनेछन् । हतार हतारमा काम गर्दा बिग्रन सक्छ होस पु¥याउनु होला । समस्या तथा चुनौतिहरुको सामना गर्नुपर्दा मानशिक तनाब बढ्नेछ । भौतिक सामाग्रीको प्रयोग गर्दा वा सवारि साधन चलाउँदा ध्यान दिनुहोला अप्रिय घट्ना घट्न सक्छ । साथिभाईहरुले नै असहयोग गर्नेछन् भने अरुको स्वार्थको लागि प्रयोग होईनेछ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

पारिवारिक तथा ब्याबसायिक यात्राको क्रममा बिभिन्न ठाँउ तथा दृष्यहरुको अबलोकन गर्ने अवसर प्राप्त हुनेछ । प्रेम गर्ने जोडिहरुका लामो समय सँगै बसेर भलाकुसारि गर्न सक्नेछन् । महिला मित्रहरुसँग गरिने कुनै पनि व्यापार तथा आर्थिक ब्याबस्थापनका लागि गरिने कारोबारहरु फस्टाएर जानेछन् । बिद्या तथा प्रतिश्पर्धामा अरुलाई पछाडि पारिनेछ भने साथिभाई तथा आफन्तबाट उत्साहजनक सहयोग प्राप्त हुनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

मामा तथा मावलि पक्षसँग कुनैपनि काम गर्दा सन्तुलित व्याबहार गर्नुहोला दैनिक काम गर्दा मनमुटावको अवस्था सिर्जना हुँनेछ । तपाईको खुट्टा तान्ने मानिसहरु हावि हुँने तथा सत्रुहरु सलबलाउँनेछन् । न्यालयसँग सम्बन्धित काम गर्दा ध्यान दिनुहोला अनाबस्यक मुद्दा मामिला आईलाग्नेछन् । खानपानमा ध्यान नदिए स्वास्थ्य सम्बन्धि समस्या आई खर्च बढ्ने योग रहेकोछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)

अध्ययन तथा अध्यापनमा सफतला मिल्नेछ भने बिचार गरेर बुन्ने योजनाहरु सफल रुपमा सम्पन्न हुनेछन् । व्यापार व्यावसाय फस्टाएर बिशेषगरि स्कुल कलेज तथा शेयर बजार तिर गरिने लगानिमा सुधार भएर जानेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने आफन्त तथा आत्मीय मित्रहरुबाट सहयोग पाईने हुदा मन प्रशन्न रहनेछ । भौतिक सम्पति तथा मन परेको सामान प्राप्त हुने हुदा खुसिले उचाई नाघ्नेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

खोज तथा अनुशन्धानको क्षेत्र तपाई आफ्नै कारणले फितलो रहने हुँनाले भने जस्तो नतिजा हात पार्न मुस्किल पर्नेछ । छाति सम्बन्धि समस्याले नसताउँला भन्न सकिन्न । परिवार तथा आमासँग छुट्टिएर टाडाको यात्रा हुने हुँनाले मन बिचलित हँुनेछ । कृषि,सहकारि तथा पशुपालन व्यावसायलाई समय सापेक्ष आधुनिकिकरण गरि आम्दानिका स्रोत बढाउँन सकिनेछ भने अरु व्यावसायमा नाँफा कमाउन निकैनै संघर्ष गर्नुपर्नेछ ।

तपाईको दिन शुभ रहोस् ।

ज्योतिषी तारानाथ भण्डारी ।

 

प्रतिक्रिया दिनुहोस