राती खुट्टा फर्किन्छ ? यी काम गर्नुहोस ७ दिनमै समस्याबाट छुटकरा पाउनुहुनेछ

खुट्टा बाउँडिने समस्यालाई निकै समस्यालाई अंधिकाशले सामान्य समस्याको रुपमा लिदै आएका छन् । सामान्य अर्थमा खुट्टाको तिघ्रानिर अथवा पिँडौंलाको मासु फर्कनुलाई खुट्टा बाउँडिनु भनिन्छ । यस्तो हुदाँ दुखाई सहन निकै गाहे हुन्छ । विशेषगरी आराम गरेको बेलामा एक्कासी तिघ्रा र पिडौंलाको मासुको भाग खुम्चिन गई बाउँडिन्छ । यस्तो विशेषतः रातको समय हुन्छ ।

यस्तो समस्यालाई अधिंकासले भोग्दै पनि आइरहेका छन् । यो सबै उमेर समुहका मानिसलाई देखिन सक्ने भएपनि प्राय आधा उमेर पुरा गरेको वा बुढाबुढीमा अधिक हुन्छ । यसको विशेष कारणको बारेमा यहि नै हो भनेर यकिन भने गर्न सकिएको छैन्, तर यस्तो समस्या हुनुको विशेष कारणहरु यस्ता छन् ।

१.पोषकतत्व
पोषक तत्वको कमीको कारणले खुट्टा बाउडिने समस्या सिर्जना हुन्छ । जस्तैः सोडियम, पोटासियम, क्याल्सियम, म्याग्नेसियम जस्ता पोषक तत्व शरीरमा आवश्यक मात्रामा नहुदाँ खुट्टा बाउडिने वा मासु फर्कने गर्दछ । अतः यस्तो समस्या भएकाले भोजनमा यस्ता तत्वलाई सामेल गराउँनुपर्दछ । सोडियममा सकारात्मक आयोन भएको कारण यसले स्नायुको सन्देश लैजाने काम गरी मासु खुम्च्याउन सहयोग गर्छ । पोटासियमले सोडियम र क्लोराइडसगँ मिलेर विद्युतीय सन्देश निकाल्न स्नायु र मासुलाई निकाल्ने काम गर्दछ । त्यसैगरी म्याग्नेसियमले भने मासु खुम्चँदा चाहिने शक्तिमा स्थिरता ल्याउन निकै सघाउँछ ।

२.लामो समय उभिँदा
लामो समय सम्म उभिए काम गर्ने व्यक्तिलाई पनि यस्तो समस्या हुन्छ । अग्लो हिल जुत्ता लगाउने मानिस, खुट्टामा नमिल्ने जुत्ता लगाउँदा पनि यस्तो हुन्छ । २०१२मा गरिएको एक अध्यननको मा प्रकाशित खबरको अनुसार लामो समससम्म उभिनुनै खुट्टा बाउडिनुको मुख्य कारण भएको पत्ता लगाइएको थियो । त्यसैले लामो समयसम्म नउभिने वा अप्ठेरो जुत्ताको प्रयोग गर्नुहुदैन् ।

३.जलवियजन
यदि मानिसको शरीरमा पर्याप्त मात्रामा तरल पदार्थ नहुदा पनि यस्तो हुन्छ । शरीरको मासु ७५ प्रतिशत जति पानीले बनेको कारण पानी वा तरल पदार्थको कमीले मासु खुम्चने वा खुल्ने गर्दछ । त्यसैले शरीरमा तरल पदार्थको कमी हुन दिनुहुदैन् ।

४.गर्भवती
महिला गर्भवती भएपछि पनि पाठेघरले नशा तथा रक्तनलीमा चाप दिन खट्टा पल्टिने गर्दछ । शरीरमा भिटामिन बि १२ को कमि हुँदा पनि राति खुट्टा बाउडिने वा फर्कने गर्दछ ।

५. हाइपो थाइराइड
शरीरमा थाइराइडको हर्मोनको कमीले अप्रत्यक्ष रूपमा खुटृा बाउडिने वा फर्कने गर्दछ । विशेषगरी थाइराइट हार्मोनको कमीले शरीरमा क्याल्सियम शोष गरी निकै असर गर्दछ । जसको कारणले गर्दा मासु कमजोर भई यस्तो हुन्छ । त्यस्तै अनियन्त्रित मधुमेह, मध्यपानको सेवन अव्यवस्थित खानपान र विभिन्न औषधीको सेवनले पनि यस्तो हुन्छ ।

कसरी रोकथाम गर्ने ?

१.मद्यपान, धुम्रपान, चिया, कफी र सोडाको सेवन नगर्ने ।

२.प्रशस्त मात्रामा पानी, फलफुलको रस र दालको रस पिउने ।
३.यस्तो समस्या बारम्बार हुनेहरुले सुत्नु भन्दा अगाडी १० मिनेट साइकल चलाउने वा खुट्टालाई तन्काउने ।

४. सधैभरी सजिलोसगँ बसेर काम गर्ने र लामो समयसम्म उभिने काम नगर्ने ।

५.यस्तो समस्या भएपछि करिब १० देखि १५ मिनेट सम्म खुट्टा मसाज गर्ने ।

६. खुट्टा फर्केको समयमा हिड्ने वा मज्जाले हासेर एक्सरराइज गर्ने ।

७. भोजनमा सोडियम, पोटासियम, क्याल्सियम, म्याग्नेसियम जस्ता पोषक तत्व लिने ।

८. तातो पानीले सेक्ने । तर पटक पटक रुपमा खुट्टा बाउडिने वा फर्कने समस्या भएमा चिकित्सलाई देखाउनुपर्दछ । किनकि यसले गम्भीर समस्या पनि ल्याउँन सक्छ ।

प्रतिक्रिया दिनुहोस