बुधबार राति साढे १ बजेको हुँदो हो। कैलालीको कैलारी-५ का २३ वर्षीय पवन चौधरी ठूलो आवाज आएपछि ब्युझिए। टेबल पंखा लगाएर सुतेका उनी स्टेन्डमा केही ठोकिएर आ वाज आए पछि उठेका थिए।
हेर्दा अँ ध्यारोमा केही देखिएन। मोबाइलको टर्च बालेर हेर्दा त पंखा तल खाटभित्र बिरालो पसेजस्तो ठाने।
‘सुरूमा त के हो सोचें, बिरालो हो किजस्तो लाग्यो,’
पछि खाटमुनि राम्ररी हेरेपछि त कहिले नदेखेको अजिबको चिज देखे। के आयो भनेर उनी ड राए। श्रीमतीलाई उठाए। खाटमै बसेर फोटो खिचे। धेरै बेर बस्न डर लाग्यो, उनीहरू झ्यालबाट बाहिर भागे।
‘टोक्ने हो कि, के हो सोचेर फोटो खिचेर झ्यालबाट नि स्कियौं,’ उनले भने।
परिवारका अरू पनि बाहिर आए। पवनले छिमेकी अंकललाई फोन गरे। फोन नउठेपछि घरमै गएर डाके।
‘अंकललाई फोटो देखाएँ, उहाँले पनि चिन्नुभएन,’ उनले भने। के हो यो? कहाँदेखि आयो? भनेर अंकलले उल्टै पवनलाई प्रश्न गरे। उनले अर्को घरका सीताराम बाजेलाई पनि बोलाए।
त्यसपछि ढोका खोलेर भित्र पसे। सीताराम बाजेले त्यो अजीवको जीव चिने- यो त साल माछा हो।
‘६५ वर्षका बाजेले पहिले पनि देखेका रहेछन्, चिनिहाले,’ पवनले भने।
Source-सेतोपाटी