प्रेम प्रस्ताव गर्नुअघि प्रेमीले लगाए शरीरमा आगो, तस्बिर भाइरल

एजेन्सी । मानिस आफ्नो प्रेममा सफलता पाउनका लागि जे पनि गर्न तयार रहन्छन् । आफ्नी प्रेमिकालाई मनाउनका लागि प्रेमी जस्तोसुकै अवस्था पार गर्न तयार हुन्छन् । यसको गतिलो उदाहरण बेलायतमा देखिएको छ ।

लण्डनमा एक व्यक्तिले आफ्नी प्रेमिकालाई प्रस्ताव राख्न मोलेको खतरा देख्दा जोकोही चकित हुन्छन् । त्यहाँ एक स्टन्टम्यान रिकी यशले आफ्नो पेशाको आधारमा प्रेमिकालाई प्रस्ताव राख्न खतरासँग खेलेका छन् ।

रिकी यशले आफ्नो शरीरमा आगो लगाएर घुँडा टेक्दै प्रस्ताव राखे । अहिले उनको उक्त प्रेम प्रस्तावको फोटो तथा भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

द न्यूयोर्क पोस्टकाअनुसार स्टन्टम्यान रिकीले शरीरमा आगो बालेर आफ्नी प्रेमिका क्याट्रिना डोब्सनसँग विवाह गर्ने प्रस्ताव राखे । एक पेशेवर स्टन्टम्यान भएकोले, उनले प्रस्ताव अघि नै सबै तयारीहरू गरिसकेका थिए, त्यसैले उनले आगोबाट कुनै नोक्सान भोगेनन् ।

प्रेम प्रस्ताव राखेपछि अर्का एक व्यक्ति त्यहाँ आएर रिकीको कपडामा लागेको आगो निभाउँछन् । रिकीको प्रेमिका क्याट्रिना पेशाले नर्स हुन् र दुबै अनलाइन भेटिएका थिए । रिकी विगत २ वर्षदेखि स्टन्टम्यानको रूपमा काम गर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस