३० वर्षीया यी विवाहित महिला : उपचारका क्रममा जब पुरुष भन्ने पत्ता लाग्यो..

एजेन्सी । ३० वर्षीया एक महिला आफ्नो वैवाहिक जीवन सामान्य तरिकाले बिताइरहेकी थिइन् । ९ वर्षदेखि उनको वैवाहिक जीवन बिताएकी ती महिला जब अस्पताल पेट दुखेको समस्या लिएर पुगिन्, तब उनी आश्चर्यमा परिन् । चिकित्सकले उनलाई पुरुष भनेर प्रमाणित गरिदिए । आफू पुरुष भएको भन्ने थाहा पाएपछि उनी हैरान बनिन् ।

आश्चर्यको कुरा त महिलाकी २८ वर्षीया बहिनी पनि पुरुष नै प्रमाणित भइन् । ती महिलामा पुरुषमा मात्र हुने क्यान्सरले पेट दुखेको प्रमाणित भएपछि तीनको वास्तविकता परीक्षण गरिएको थियो । दुवै दिदी बहिनीलाई एन्ड्रोजेन इनसेनसिटीभिटी सिन्ड्रोम एआइएस बाट पीडित पाइएको चिकित्सकले बताएका छन् । एआइएस विशेष तथा दुलर्भ प्रकारको रोग हो । जुन व्यक्ति जन्म हुँदा जिन पुरुषको र शरीर महिलाको जस्तो विकसित हुन्छ ।

भारतको पश्चिम बंगालको वीरभूममा बस्ने ३० वर्षीया विवाहित महिला नेताजी सुभाषचन्द्र बोस क्यान्सर अस्पतालमा उपचारका लागि पुगेकी थिइन् । डा. अनुपम दत्ता र डा. सोमेन दासले परीक्षणपछि ९ वर्षदेखि विवाहित महिला पुरुष भएको बताए । डा दासले भने, ‘बाहिरबाट हेर्दा पुरै महिला भएपनि उनको जिन पुरुषको थियो । उनको आवाज, शरीरको बनावट र बाहिरका अंग महिलाका थिए । पाठेघर र अण्डकोष भने थिएन । ती महिलाको महिनावारी पनि भएको थिएन ।’

ती महिलामा टेस्टिकुलर क्यान्सर थियो, जुन पुरुषमा मात्र हुन्छ । यो रोग २२ हजार व्यक्तिमा कुनै एकमा हुनसक्छ । ती महिलामा पुरुषको अण्डकोष छ । यस्ता समस्या भएका व्यक्ति गर्भवती हुन सक्दैनन् । अहिले ती महिलाको उपचार चलिरहेको छ । चिकित्सकले महिला र उनका श्रीमानलाई सम्झाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस