भक्तपुरमा कुकुरसहित एकै परिवारका तीनजनाको शव यस्तो अवस्थामा भेटियो

भक्तपुर – मध्यपुरथिमि नगरपालिका –९ निकोसेरास्थित एकै परिवारका तीन जनाको ह’ त्या’ गरेका अवस्थामा शव फेला परेको छ । महानगरीय प्रहरी वृत्त थिमिदेखि करीब ७०० मिटर पर निकोसेराबाट सिन्टिटार जाने सडकमै रहेको चारतले घरमा कुकुरसहित सुदीप अधिकारीको परिवारका सदस्यको ज्यान लिएको अवस्थामा शव फेला परेको हो ।

आफ्नै घरको चौथो तलाको भान्छाबाट कौसी निस्कने ठाउँमा ३६ वर्षीय अधिकारी, दोस्रो तलाको ओछ्यानमा श्रीमती ३४ वर्षीया सम्झना र तेस्रो तलाको कोठाको ओछ्यानमा १५ वर्षीय छोरा सुशान्तको शव रहेको महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिनुभयो । दोस्रोे तलाको भ¥याङ नजिकै कुकुरसमेत म’रेका अवस्थामा भेटिएको बताइएको छ ।

भुइँतलासहित चार तलाको घरको दोस्रो, तेस्रो र चौथो तलामा एक–एक वटा शव भेटिएको छ। सबैभन्दा माथिको तलामा सुदिपको शव छ। दोस्रो तलाको बाहिर कुकुर पनि मरेको अवस्थामा भेटिएको छ। अनुसन्धानमा खटिएका प्रहरी अधिकारीका अनुसार आमा र छोराको शव गन्हाउन थालेको अवस्थामा छ भने बुबाको शव भने एक–दुई दिनअघि मात्र मृत्यु भएको जस्तो देखिने अवस्थामा छ।

मध्यपुरथिमि नगरपालिका वडा नं ९ निकोसेरास्थित सुदिप अधिकारीको घर । यो घरमा सुदिपसहित श्रीमती सम्झना र छोरा सुशान्त मृत्यु बारे शुक्रबार अनुसन्धान गर्दै प्रहरी । तस्वीर ः रमेश गिरी
‘शवको प्रकृति हेर्दा आमा–छोराको ५/६ दिन अघि नै मृत्यु भएको जस्तो देखिन्छ। सुदिपको मृत्यु भएको एक दुई दिन मात्र भएको देखिन्छ’, अनुसन्धानमा खटिएका एक अधिकारी भन्छन्। प्रहरी अधिकारीका अनुसार घरको कुनैपनि ढोका लगाइएको थिएन, ढप्क्याइएको मात्र थियो।

करिब ४ बजे मृतकका भाइ सुनिलले आफू दाजुका घरमा आइपुग्दा तीन शव फेलापछि प्रहरीलाई खबर गर्नुभएको थियो । उहाँका अनुसार घरको पहिलो तलादेखि माथिका सबै तलाका ढोका चुकुल नलगाएको र अलिकति खुला अवस्थामा थिए । मृतकको घरसंँगै बस्ने लक्ष्मी लामाले तीन दिनदेखि उक्त घरका सदस्य बाहिर ननिस्किएको जानकारी दिनुभयो ।

मध्यपुरथिमि नगरपालिका वडा नं ९ निकोसेरास्थित सुदिप अधिकारीको घर । यो घरमा सुदिपसहित श्रीमती सम्झना र छोरा सुशान्त मृत्यु बारे शुक्रबार अनुसन्धान गर्दै प्रहरी । तस्वीर ः रमेश गिरी
तीन दिनअघिसम्म अधिकारी परिवारले किराना पसल खोलेको र दिउँसोदेखि बन्द रहेको जानकारी दिँदै उहाँले लकडाउनका कारण पसल बन्द गरेर बाहिर ननिस्किएको हो कि भन्ने आफूलाई लागेको बताउनुभयो । मृतकको अवस्था र शव गन्हाएकाले घटना केही दिन अगाडि भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

घटनास्थललाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान शुुरु गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र अपराध अनुसन्धान महाशाखाको अनुसन्धानविज्ञ टोलीले राति साढे ८ बजेपछिसम्म घटनास्थलमै रहेर अनुसन्धान गरेको छ ।
महानगरीय अपराध महाशाखाका वरिष्ठ प्रहरी उपरीक्षक दीपक थापाले घरका तीन जनाको शङ्कास्पद मृत्यु भएको पाइएको जानकारी दिनुभयो । अनुसन्धान जारी रहेकाले अहिले नै यही हो भनेर भन्न सकिँदैन । ‘हामी घटनास्थलमै छौं, अहिले कारण के हो खुल्न सकेको छैन,’उनले भने,’हामी अनुसन्धान गर्दैछौं।’

अधिकारी दम्पत्ति पछिल्लो समय आफ्नै घरको भुइँतलामा किराना पसल गर्दै आएका थिए। सुदिप केही समयअघिसम्म भक्तपुरमै रहेको एक औषधि फ्याक्ट्रीमा काम गर्ने गरेको बताइएको छ।

यो पनि : अस्पतालमा मृत्यु भएका तीन मध्ये एकमा कोराना

भरतपुर अस्पतालमा मृत्यु भएका तीनमध्ये एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमण हुनेमा रत्ननगर नगरपालिका वडा नम्बर २ का ४६ वर्षीय पुरुष रहेका छन् । अस्पतालको आकस्मीक कक्षमा आइपुग्दा बिहिबार राती उनको मृत्यु भएको थियो । मृत्यु पछि गरिएको नमुना परिक्षणमा उनमा कोरोना पुष्टि भएको हो ।

अन्य दुई जनाको भने नतिजा नेगेटिभ आएको छ । अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार शुक्रबार बिहान मृत्यु भएकी राप्ती नगरपालिका वडा नम्बर ४ की १८ वर्षीया युवतीको नतिजा नेगेटिभ आएको छ । उपचारका लागि अस्पताल आईपुग्दा उनको मृत्यु भएको थियो ।

बिहीबार दिउँसो सघन उपचार कक्षमा खैैरहनी नगरपालिकाकी २२ वर्षीया युवतीको उपचारको क्रममा मृत्यु भएको पौडेलले बताउनुभयो । उनको पनि नतिजा नेगेटिभ आएको छ । उनीहरु तीनै जनालाई ज्वरो, खोकी सहित श्वासप्रश्वासमा समस्या देखिएको थियो । कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएपछि स्वाब परीक्षणका लागि पठाइएको थियो । यसअघि भदौ १४ गते अस्पतालको आकस्मिक कक्षमा तीन जनाको एकैदिन उपचारकै क्रममा मृत्यु भएको थियो । उनीहरुको कोरोना परीक्षण गर्दा तीनै जनाको नतिजा पोजेटिभ आएको थियो ।

प्रतिक्रिया दिनुहोस