उमेर ३० वर्ष : ११ बच्चा, यात्राका लागि १७ सिटे मिनीबसको प्रयोग, खुसी र सफल यो जोडी !

एजेन्सी । बेलायतको अस्पट्रियाको कुम्बरिया निवासी ३५ वर्षीय जोसेफ र ३० वर्षीया निकोलीको जोडी अहिले बेलायतमा चर्चामा छ । ३ बेडरुमको घरमा बसोबास गर्ने यो जोडीले बच्चा पाउने प्लान गरेका थिएनन् । तर, यो जोडीसँग ११ जना सन्तान छन् ।

सुरुवातमा शान्त जीवनको परिकल्पना गरेको दुवैजनाबीच सन् २००५ मा पहिलो पटक भेटघाट भयो । फेन्सी कारको सपना देखेको यो जोडीसँग अहिले १७ सिटे मिनीबस छ । उनीहरु भन्छन, ‘हामीले ठूलो परिवारलाई माया गर्नेछौँ र खुसी पनि हुनेछौँ भन्ने सपनामा पनि सोचेका थिएनौँ । हामी खुसी भए पनि हाम्रो परिवार बाहिर हिँड्दा अरुले मुख बाङ्गो बनाउँछन् । त्यसले हामीलाई भने छुदैन ।’

जोसेफ ड्राइभिङ प्रशिक्षक हुन् भने निकोलीले पसलमा पार्टटाइम जब गर्छिन । तिनीहरुले कुनै पनि सरकारी सुविधा लिएका छैनन् । बालबालिकाका लागि सरकारले दिने सुविधा र बेरोजगारी भत्ता लिने उनीहरुको चाहना छैन ।

पहिलो सन्तान राइनान्को उमेर अहिले १४ वर्ष पुगेको छ । ल्यासी १२ वर्ष, म्याकेन्जी १० वर्ष, स्काइलार ९, हेन्ले ७, कोबी र पार्कर (जुम्ल्याहा) ६, हेड्ली ४, रिभर ३, ओसन २ र न्याभी ५ महिनाकी छन् । अघिल्लो वर्ष उनको एक सन्तान मृत जन्मिएका थिए ।

जोसेफ भन्छन्, ‘हामीले कहिल्यै ठूलो परिवार चाहेका थिएनौँ, न मलाई बच्चा मन पर्थ्यो । मलाई थाहा छैन के भयो । तर, म खुसी छु उनीहरुसँग बस्न पाएको छु । हाम्रो परिवार एकदम रमाइलो छ ।’

निकोली भन्छिन्, ‘पहिलो पटक गर्भवती हुँदा म आश्चर्यमा परेकी थिए, म कसरी गर्भवती भए । मैले परिवार नियोजनको साधन प्रयोग गरेकै समयमा म गर्भवती भएँ ।’

गर्भवती भएको चार महिनामा मात्रै गर्भवती भएको भन्ने थाहा भयो । त्यो पनि तौल बढ्दै गएपछि मात्र उनीहरुले परीक्षण गरेका थिए । बच्चा भएपछि कसरी व्यवस्थापन गर्ने भन्ने उनीहरुलाई थाहा थिएन । तर दुवैजनाले ईश्वरको उपहारको रुपमा लिएर स्वीकार गरे ।

निकोलीलाई पहिलो सन्तान भएपछि आफ्नो मातृत्व मन पर्यो । उनले परिवारसँग नजिक नभए पनि आफ्नो परिवार भएपछि भने रमाउन थालिन् । घर बाहिर जाँदा उनीहरुमा सबैको आँखा पर्छ ।

उनीहरुले जिम्मेवारी र अनुशासन कायम गर्न नम्बर भएको टिसर्ट प्रयोग गर्छन् । पहिलोको १ र अन्तिमको १२ नम्बर टिसर्टमा लेखिएको छ । ११औँ सन्तान भने मृत जन्मिएका थिए । त्यसैले त्यो नम्बर उनको सम्मानमा यो जोडीले खाली राख्ने गरेको छ ।

जोसेफलाई धेरैले प्रश्न गर्छन्, ‘तिम्रो कति जनाको परिवार छ ?’ उत्तर सुनेपछि धेरैले बेरोजगार भत्ता लिन वा अन्य काम गर्न सुझाव दिन्छन् । त्यो सुझाव जोसेफलाई मन पर्दैन ।

घर बाहिर जाँदा पनि यो परिवारले रमाइलो गर्छ । १७ सिटे माइक्रो बसमा यो परिवार यात्रा गर्छ । सामान्य परिवारजस्तै उनीहरुले रमाइलो गर्छन् ।

बालबालिकाको हेरचाहमा धेरै समय आमा निकालेले दिन्छिन् । छुट्टी वा फुर्सदको समयमा जोसेफले पनि बच्चाको रेखदेख गर्छन् । निकोलीका लागि बिहानको ६ देखि ७ बजेको समय तयारीसँग बिताउनुपर्छ । उनले ७ देखि ८ बच्चा उठ्नु पहिले नै धेरै काम सक्नुपर्छ ।

त्यसपछिको एक घन्टामा उनले ८ बच्चालाई तयार गरेर कपडा लगाइदिने र आफैले स्कुलसम्म पुर्याउने काम गर्छिन् । त्यसपछि उनले सबैभन्दा कम उमेरका ३ बच्चाको खाना लगायतका दिनभरका काम थाल्छिन् । दैनिक १२ वटा बेड बनाउनु पर्छ ।

प्रतिक्रिया दिनुहोस