शनिबार काठमाडौं उपत्यकामा ४ सय ३१ संक्रमित भेटिएका
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार गत २४ घन्टामा देशभर रहेका प्रयोगशालामा १० हजार १ सय ७६ नमुना परीक्षण गर्दा काठमाडौं उपत्यकामा ४ सय ३१ सहित देशभर १ हजार १ सय १ जना कोरोना संक्रमित भेटिएका हुन् ।
उपत्यकामा भेटिएका ४ सय ३१ मध्ये काठमाडौं जिल्लाका ३७७ जना, भक्तपुरका १७ जना र ललितपुरका ३७ जना रहेको मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।
हिजो शुक्रवार काठमाडौं उपत्यकामा ६ सय ९६ जनामा कोरोना संक्रमण देखिएको थियो । जसमा काठमाडौं जिल्लामा ६२० जना भक्तपुर र ललितपुरमा जिल्लामा ३८-३८ जना रहेका थिए ।