८० वर्षीया महिलाको ३५ वर्षीय युवकसँग प्रेम, यसरी हुँदैछ विवाह

एजेन्सी । प्रेम अन्धो हुन्छ भन्ने विश्वव्यापी मान्यता छ । त्यसैले होला उमेर पनि प्रेमलाई रोक्दैन, छेक्दैन । हालै यस्तै घटना सार्वजनिक भएको छ । ३५ वर्षीय युवक मोहम्मद अहमद र उनकी ८० वर्षीया प्रेमिका आइरिस जोन्सको सम्बन्धका बारेमा अहिले संसारभर चर्चा भैरहेको छ ।

इजिप्टका मोहम्मदले बेलायती पेन्सनधारी महिला ८० वर्षीया आइरिससँगको सम्बन्धलाई स्वीकार गरेका छन् । यी दुवैजनाबीच छिट्टै विवाह हुँदैछ । मोहम्मदले रिलेशनसिपको खुलासा गर्दै अहिले दैनिक डेट भैरहेको बताएका छन् । सन्डे मिररकाअनुसार आइरिस केटाकी आमा भन्दा २० वर्ष जेठी छन् । यी दुवैजनाले भनेका छन्, प्रेम र विवाहका लागि उमेरले छेक्दैन ।

यी दुवैजनाबीच सामाजिक सञ्जालमार्फत कुराकानी भएको थियो । फेसबुकबाट बिस्तारै दुवैजना नजिक भए । धेरैले आइरिसको पेन्सनका लागि मोहमदले विवाह गर्न खोजेको बताएका छन् । तर उनले जम्मा २०० पाउण्ड (झण्डै ३० हजार नेपाली रुपैयाँ) मात्र पाउने गरेकी छन् ।

दुवैजनाले यौनसम्बन्धका विषयमा पनि खुलासा गरेका छ्न । आइरिसले पछिल्लो ४० वर्षसम्म आफुले सेक्सका विषयमा नसोचे पनि अहिले सफल भएको बताएकी छन् । विवाहका लागि कोर्टमा पुगिसकेको यो जोडीले डकुमेन्ट पुरा हुँदासाथ धुमधामका साथ विवाह गर्ने योजना बनाएको छ ।

प्रतिक्रिया दिनुहोस