अमेरिकामा फेरि चल्न थाल्यो टिकटक

काठमाडौँ- अमेरिकामा फेरि टिकटक चल्न थालेको छ । राष्ट्रपतिको जिम्मेवारीमा पुनः फर्कन लागेका डोनाल्ड ट्रम्पले टिकटकलाई केही समयका लागि प्रतिबन्धबाट उन्मुक्ति दिने बताएसँगै टिकटक चल्न थालेको हो ।

ट्रम्पले सोमबार राष्ट्रपतिको शपथ लिँदैछन् । ट्रम्पले सपथलगत्तै कार्यकारी आदेश जारी गरी केही समयका लागि टिकटक प्रतिबन्ध स्थगित गर्ने बताएका छन् ।

अमेरिकामा टिकटकका १७ करोड प्रयोगकर्ता छन् । यसअघि अमेरिकामा आइतबार टिकटक चल्न छाडेको थियो । अमेरिकी प्रयोगकर्ताहरूलाई सम्प्रेषण गरिएको सन्देशमा टिकटकले हालका लागि टिकटक उपलब्ध नभएको जानकारी दिएको थियो ।

अमेरिकाले गत वर्षको अप्रिल महिनामा पारित गरेको कानुनमा जनवरी १९ अर्थात आइतबारसम्म माउ कम्पनी बाइटडान्सले टिकटकलाई अमेरिकी कम्पनीलाई बेच्नुपर्ने अन्यथा प्रतिबन्धको सामना गर्नुपर्ने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस