यस्तो खतरनाक रुख, जसको नजिक जादाँ जान सक्छ ज्यान

हामि सबैलाई थाहा छ, रुख विरुवाको छेउछाउमा जाँदा स्वास्थ्यलाई निकै फाइदा हुन्छ । रुख विरुवाको छेउमा बस्दा स्वच्छ हावापानी पाइने हुनाले धेरैजसो मानिसहरु रुख विरुवाकै ओत लागेर बस्ने पनि गर्छन् । तर कुनै यस्तो रुख बिरुवा पनि हुन्छ जुन निकै बिषालु हुन्छन् । जसले हाम्रो स्वास्थ्यलाई पनि हानी पुर्याउछन् ।

हेर्दा सामान्य लाग्ने कुनै बिरुवाले पनि हाम्रामे स्वास्थ्यलाई असर पार्न सक्छन् । त्यसैले हामिले त्यस्ता खतरनाक बिरुवा चिन्नु पनि जरुरी हुन्छ । यस्तो बिरुवा पनि पाइन्छ जसको छेउमा जादा हाम्रो ज्यननै जान पनि सक्छ । ‘सरबेरा ओडोलम’नाम गरेको रुख हाम्रो शरिरको लागी निकै खतरनाक छ । हेर्दा सामान्य देखिने यो रुख निकै विषालु हुन्छ ।

यसै रुखका कारण विश्वभर प्रत्येक हप्ता एक जनाको ज्यान समेत जाने गरेको छ । बैज्ञानिकहरुका अनुसार यो रुखमा रहेको विष मानिसको शरीरमा प्रवेश गरेमा मुटुको धडकन बढ्ने गछृ । साथै यसको बिषले वाकवाकी लाग्ने, टाउको दुख्ने हुने गर्छ । जसका कारण मानिसको ज्यान पनि जान्छ । यो रुख दक्षिण पूर्वी एसियाका देशहरुमा पाइन्छ ।

प्रतिक्रिया दिनुहोस