टिकटकमा नाचेको भिडियो अपलोड गर्दा तिर्नुपर्‍यो १४ लाख जरिवाना !

सामाजिक सञ्जाल टिकटकमा नृत्य गरेको एक भिडियोले ५ जना महिलालाई कठोर सजाय दिलाएको छ ।

उनीहरुले टिकटकमा अपलोड गरेको भिडियोका कारण १४ लाख रुपैयाँ जरिवाना र दुई वर्षको जेल सजाय भोग्नुपर्ने भएको हो ।

यो घटना मिश्रको हो । मिश्रको एक अदालतले उनीलाई यस्तो सजाय सुनाएको हो, जुन भिडियो उनीहरुले टिकटकमार्फत सार्वजनिक गरेका थिए ।

१५ सेकेन्ड लामो भिडियोमा नृत्य देख्न सकिन्छ । साथै मेकअप पोज पनि देखाइएको छ । भिडियो भाइरल भएपछि उक्त भिडियोविरुद्ध कानून उल्लङ्घन गरेको भन्दै उजुरी परेको थियो ।

सजाय पाउनेमा २० वर्षीया हानिन होसाम र २२ वर्षीया मोवादा अल अधम र उनीहरुका अन्य ३ सहयोगी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस