हिजो अचम्म संग फेला पर्यो तीन आँखे नाग देवता पुजा गर्निको भिड

काठमाडौं/एजेन्सी । अष्ट्रेलियाका बन्यजन्तु अधिकारीले केही दिन अघि फेला परेको तीन आँखे सर्पको तस्वीर सार्वजनिक गरेका छन् । ‘नोर्दन टेरिटोरी पार्क एन्ड वाइल्डलाइफ सर्भिस’ले इन्टरनेटमार्फत सार्वजनिक गरेको तीन आँखे सर्पलाई अद्भूत मानिएको छ ।उत्तरी अस्ट्रेलियाको राजमार्गमा भेटिएको मोन्टी पाइथन नाम दिइएको यो तीन आँखे सर्प अजिङ्गर प्रजातिको हो ।

तर, भेटिएको केही सातामै सर्प मरेको थियो ।विज्ञले सर्पको टाउकोमा रहेको अतिरिक्त आँखा आनुवांशिक संरचनामा भएको परिवर्तनका कारण बनेको हुन सक्ने औंल्याएका छन् पन्ध्र इन्च लामो सर्पलाई अनौठो टाउकोका कारण खान समस्या परेको बताइएको थियो । सर्पको एक्सरे गर्दा दुईटा टाउको भने नजोडिएको देखिएको थियो । एउटै टाउकोमा रहेका तीन वटै आँखा देख्न सक्ने थियो ।

प्रतिक्रिया दिनुहोस