शौखिन राजकुमार सलमानले अरबौ खर्च गरेर विश्वभरीका १५० सुन्दरीसँग १ महिना मस्तीको खुलासा !

काठमाडौं । साउदी राजकुमार मोहम्मद बिन सलमान विश्वकै शौखिन र विलासी व्यक्तिको रुपमा सूचिकृत छन् । उनी आफ्नो विलासी जीवनशैलीका कारण विभिन्न समय वि’वादित चर्चामा रहिरहन्छ। पत्रकार जमाल खशोग्गीको मृ’त्यु देखि शाही परिवारका सदस्यहरुवि’रुद्ध क’डा का’रवा’हीका कारण उनी चर्चामा रहिरहेका छन् । एक अमेरिकी मोडलसँग एक रात बिताउन करोडौं डलर दिन तयार भएका राजकुमार सलमान निकै विलासी जीवन बिताउँछन् ।

पछिल्लो समय राजकुमार सलमानको विलासी जीवनशैलीको बारेमा निकै ठूलो खुलासा भएको छ । एउटा नयाँ किताबमा दा’वी गरिएअनुसार राजकुमार सलमानले माल्दिभ्सको एक प्राइभेट आइल्याण्डमा भव्य पार्टी दिएका थिए जहाँ अर्बौं खर्च भएको थियो । यो पार्टीमा आउने पाहुनाहरुलाई खुसी पार्नको लागि ब्राजिल, रुससहित विश्वका विभिन्न स्थानबाट १५० मोडलहरुलाई बोलाइएको थियो ।

‘ब्लड एण्ड आयदः मोहम्मद बिन सलमान्स रुथलेस क्वेस्ट फल ग्लोबल पावर’ नामको किताबमा दा’वी गरिएअनुसार यी सबै १५० मोडलहरु माल्दिभ्सबाट आएपछि उनीहरुलाई कुनै किसिमको यौ न ज न्य रो ग भए नभएको जाँचसमेत गरिएको थियो । किताबमा उल्लेख भए अनुसार यो पार्टीमा मोहम्मद बिन सलमानका खाडी देशका केही दर्जन पाहुनाहरु सहभागी भएका थिए । यो निजी आइल्याण्डलाई विश्वका सबैभन्दा भव्य र महंगा स्थानहरुमा गनिन्छ ।

किताबमा दा’वी गरिएअनुसार राजकुमार सलमानले करिब १ महिनासम्म यहाँ पार्टी गर्ने योजना बनाएका थिए । तर स्थानीय अखबारले यसबारे थाहा पाएर समाचारमा यसको खुलासा भएपछि राजकुमार सलमान सबै विदेशी मोडललाई साथमा लिएर त्यहाँबाट भा’ग्नुपरेको थियो । राजकुमार सलमानले यो टापुमा ३ सय कर्मचारी, ४८ निजी भिला र हिउँ वर्षाउने मेसिन समेत भाडामा लिएका थिए । पाहुनाहरुको गो’पनीयतालाई ध्यानमा राख्दै यो पार्टीमा फोन प्र’तिबन्धित थियो ।

सबै पाहुनाहरुलाई केवल नोकिया ३३१० फोन ल्याउने अनुमति थियो । वाल स्ट्रिट जर्नलका पत्रकार रहेका लेखकहरुले बिताबमा बताएअनुसार यहाँ ल्याइएका १५० मोडलको यौ न रो ग परक्षिणपछि उनीहरुलाई भिलाभित्र लगिएको थियो । त्यसपछि मोहम्मद बिन सलमान आफ्नो सी प्लेनमा त्यहाँ पुगेका थिए । सलमानले डिजै अफरोज्याक र पिटबुललाई पनि हायर गरेको बताइउको छ । राजकुमार सलमान आफैं स्टेजमा पुगेको पनि दा’वी गरिएको छ ।

किताबमा उल्लेख भए अनुसार राजकुमार सलमानले पार्टीमा आफैं आफूलाई मन पर्ने गीत बजाउन थालेका थिए र त्यहाँ भएका पाहुना र मोडलहरुले उनको समर्थन गरेका थिए । यी सबै रातभर पार्टी गर्थे र दिनभर सुत्थे । राजकुमार सलमानले ५० करोड डलरमा एउटा फाइभस्टार याट पनि बुक गरेका थिए । यो याटमा दुई हेलिप्याड र मुभी थिएटर तथा पानीभित्रबाट समुद्रमा हेर्ने सुविधा थियो ।

प्रतिक्रिया दिनुहोस